रेडक्रसद्धारा डाक्टर चौधरी, पत्रकार गुरुङ्ग र सनसेट सम्मानित

दोधारा 

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले कोरोना संक्रमणको बेला अग्रमोर्चामा रहेर जनताको सहयोग गरेको भन्दै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी, पत्रकार पप्पु गुरुङ्ग र माहाकाली नगरपालिकामा स्थित रहेको एक गैरसरकारी संस्था सनसेट युथ भोलेन्ट्रि ग्रुपलाई सम्मान गरेको छ् । माहाकाली नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको बेला अग्रमोर्चामा रहेर जनताको सेवा गरेको भन्दै नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले आयोजना गरेको एक कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी, पत्रकार पप्पु गुरुङ्ग र माहाकाली नगरपालिकामा स्थित रहेको एक गैरसरकारी संस्था सनसेट युथ भोलेन्ट्रि ग्रुपलाई सम्मान गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले जनाएको छ् ।

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको २१ औं वार्षिक साधारण सभाको अवसरमा उनिहरुलाई सम्मान गरिएको हो । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले कोरोना संक्रमणको बेला आफ्नो ज्यानको पर्वाह नगरि अहोरात्र खटिएर माहाकाली नगरपालिकाका जनताको स्वास्थ्यको अवस्थामा सक्दो सहयोग गरेको भन्दै डाक्टर चौधरीलाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताएका छन् । माहाकाली नगरपालिका क्षेत्रमा सबैले रुचाउका डाक्टर चौधरी प्राथमिक स्वास्थ्य केन्द्रमा आएपछि माहाकाली नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको स्थानियहरुको भनाई रहेको छ् । डाक्टर चौधरी दिनरात जनताको स्वास्थ्यको ख्याल गर्दा गर्दै केही दिन अघि मात्रै उनि पनि कोरोना संक्रमण भएका थिए । १४ दिन आईसोलेसनमा उपचार पछि अहिले आएर डाक्टर चौधरीले कोरोनालाई जितेर फेरी आफ्नो कार्य क्षेत्रमा फर्केका छन् । यस्तै पत्रकार गुरुङ्ग कोरोना जोखिमको बेला अहोरात्र खटिएर कलम चलाएको भन्दै पत्रकार गुरुङ्गलाई समेत उच्च प्रशंसा गर्दै सम्मानित गरिएको छ् ।

पत्रकार गुरुङ्ग बिगत एक दशक देखि माहाकाली नगर क्षेत्रमा रहेर कलम चलाउदै आएका हुन् । माहाकाली नगरपालिका क्षेत्रका पत्रकार गुरुङ्ग क्रियाशिल पत्रकार हुन् । माहाकाली नगरपालिकामा स्थित रहेको एक संस्था सनसेट युथ भोलेन्ट्रि ग्रुपलाई समेत कोरोना संक्रमणको बेला युवा परिचालन गरि समाजको सेवामा कटिबद्ध रहेको भन्दै सम्मान गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सचिव मोहन सुनारले जनाएका छन् । सम्मानका लागी प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी, पत्रकार पप्पु गुरुङ्ग र सनसेटको युथ भोलेन्ट्रि ग्रुपका तर्फ देखि कोमल उपाध्याय उपस्थिती रहेका थिए । उनिहरुको उच्च प्रशंसा सहित कदर पत्र संगै दोसल्ला ओढाएर सम्मान गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले जनाएको छ् । कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा अग्रमोर्चामा रहेर जनताको सेवामा रहेका ३ योद्धालाई सम्मान गरिएको कार्यक्रममा बताईएको छ् ।

आफ्नो व्यक्तिगत र पारिवारिक सुरक्षालाई भन्दा आम जनताको सेवालाई प्राथमिकतामा राखेर अहोरात्र खटिएका अग्रमोर्चाका योद्धाहरुलाई प्रोत्साहन गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सचिव मोहन सुनारले बताएका छन् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लको सभापतित्वमा संचालन भएको २१ औं वार्षिक साधारण सभाका प्रमुख अतिथी माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए । यस्तै बिशिष्ठ अतिथीमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सदस्य धन बहादुर शाही, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभासद् खेमराज बोगटी रहेका थिए भने अतिथीमा माहाकाली नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष ओंम प्रकाश रोकाया, वडा नं. ९ का वडा अध्यक्ष ऋषिराम थापा, वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनार, तत्कालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर राना, नेपाली काग्रेंस माहाकालीका नगर सभापती डम्मर चन्द लगाएत गैरसरकारी संस्थाका प्रतिनिधी, शिक्षक तथा रेडक्रसका आजिवन सदस्यको बाक्लो उपस्थिती रहेको थियो । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले माहाकाली नगरपालिकामा स्थित नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले कोरोना संक्रमणको बेला मानविय सहयोग पु¥याएको भन्दै प्रशंसा गरेका छन् ।

आफुहरु संग आर्थिक अभावको बाबजुत देश बिदेशमा रहेका नेपालीहरुलाई अनुरोध गरि कोरोना सन्त्रासको बेला रोजगारी गुमेर घर फर्केका तथा खानाको अभावमा रहेका थुप्रै घरपरिवारलाई गा“सको ब्यवस्था गरेको भन्दै नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका पदाधिकारीलाई मानविय कार्य गरेकामा धन्यबाद दिएका छन् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले नेपाल रेडक्रस सोसाईटीलाई एम्बुलेन्स सहयोगको लागी माहाकाली नगरपालिका कार्यालयमा सरसल्लाह गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा आर्थिक प्रतिबेदन नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका कोषाध्यक्ष हरि प्रसाद बरालले प्रस्तुत गरेका थिए । रु. १६ लाख ८९ हजार ८ सय ८६ रुपि“या आय र व्यय रकम प्रस्तुत गरिएको थियो । कार्यक्रम संचालन नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सचिव मोहन सुनारले गरेका थिए भने स्वागत मन्तब्य उपशाखा उपसभापती शोनी क्षेत्रीले गरेका थिए । कोरोना संक्रमणको सन्त्रासको बेला नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले गरेको अतुलनिय कार्यको स्थानियहरुले प्रशंसा गर्दै आएका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds