कञ्चनपुर

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २(क) क्षेत्रका सामुदायिक विद्यालयको भौतिक संरचना सुधारोन्मुख भईरहेको छ । कृष्णपुर र शुक्लाफाँटा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको भौतिक संरचना सुधारोन्मुख भईरहेको हो । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको विषेश पहममा सो क्षेत्रमा थलिएका सामुदायिक विद्यालयका भौतिक संरचना सुधारोन्मुख भईरहेका छन । विगतको तुलनामा सो क्षेत्रका सामुदायिक विद्यालयको भौतिक संरचनाको विकास भईरहेको छ । एकै दिन बुधबार कृष्णपुर नगरपालिका २ वंकमा रहेको उदय माध्यामिक र शुक्लाफाँटा नगरपालिका ८बेलडाँडीमा रहेको सिद्धनाथ माध्यामिक विद्यालयमा प्रदेश सरकारबाट आएका पक्की भवनको शिलान्यास गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य(संसद) महेश दत्त जोशीले दुवै विद्यालयमा निर्माण हुने भवनको शिलान्यास गर्नुभयो । दुवै विद्यालयको शिलान्यास गर्दै संसद जोशीले ग्रामिण भेगमा रहेका सामुदायिक विद्यालयको भौतिक सरचना सुधारका लागि विद्यालय भवन निर्माणका लागि पहल गरेको बताए । ‘मैले चुनावका बेला विद्यार्थी, शिक्षक, अभिभावक एव आम जनसमुदायसंग सामुदायिक विद्यालयको सुधारका लागि प्रतिबद्धता जाहेर गरेको थिए, ‘उनले भने, ‘त्यही अनुरुप आफ्नो निर्वाचन क्षेत्रका विद्यालयका भौतिक संरचना सुधारमा जुटेको छु ।’ संसद जोशीले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, छात्राबास भौतिक संरचना सुधारका लागि शैक्षिक गुणस्तरका लागि जनशक्ति व्यवस्थापन गर्न आफ्नो तर्फबाट भरपूर्ण प्रयास गर्ने बचन दिनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक स्तरबृद्धिका लागि चालु आर्थिक बर्षमा सरस्वती माध्यामिक विद्यालयमा छात्राबासदेखि भौतिक संरचना सुधारका कार्यक्रम रहेको बताए ।

उदय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन साउदले प्रदेश सरकारबाट आएको ३८ लाख लागतमा चार कोठे पक्की भवन निर्माणन हुने बताए । ‘स्वयम विद्यालयले उपभोक्ता मार्फत भवन निर्माण गर्छ, ‘उनले भने, ‘विद्यालयमा भवन अभाव थिए, थपिएसंगै सहज हुनेछ । सिद्धनाथ माध्यामिक विद्यालयका प्रअ गोबिन्द ढाँटले विद्यालयमा विद्यार्थीको संख्या बर्षनी बृद्धि हुँदै गएपछि भवन अभाव भएका बेला प्रदेश सरकारबाट प्राप्त बजेट मार्फत भवन निर्माण गरिने बताए । ‘पहिले देखि नै भवन अभाव थिए, ‘प्रअ ढाँटले भने, ‘अझैपनि विद्यार्थी अनुपातमा भवन अभाव हुन्छ, आशा छ, फेरी पनि ससद बाट पहल हुन्छ ।’
निर्वाचन क्षेत्र नम्बर २(क) क्षेत्रका स्थानीय एव जनताले संसद जोशीको पहलमा सामुदायिक विद्यालय सुधारका कार्यक्तम अघि बढेको बताएका छन । स्थानीय पदम रावलले गरिब एव विपन्न रहेको सो क्षेत्रमा सामुदायिक विद्यालय सुधारको विकल्प नभएको बताउदै उनले सामुदायिक विद्यालय सुधार गरे निजी स्वत निरुत्साहित हुने बताए । ‘आम विपन्नका छोराछोरीले अध्ययन गर्ने विद्यालय सुधार गर्नुपर्छ, ‘उनले भने, ‘कम्यूनिष्ट नेतृत्वको यही काम हो ।’ स्थानीयले विगतका जनप्रतिनिधीले सामुदायिक विद्यालय सुधारका लागि कुनै पहल नगरेपछि हालका जनप्रतिनिधीले पहल गरिरहेको बताएका छन ।
