कञ्चनपुर
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ओली समुहको कञ्चनपुरको भेला सम्पन्न भएको छ । नेकपा ओली समुहको सोमबार महेन्द्रनगरको भानु पार्टी पैलेशमा भेला सम्पन्न भएको हो । भेलाको नेकपा केन्द्रीय स्थायी समिति संयोजक एव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गर्दै प्रधानमन्त्रीले चालेको कदम सहि भएको बताएका छन । नेकपा स्थायी कमिटी सदस्य भट्टले ताजा जनादेशको विकल्प नभएको बताएका छन । उनले नेकपाकै लिगेशीमा सबै जोडिनुपर्ने बताउदै हुनै लागेको दोधाराचाँदनी सुख्खा बन्दरगाह कसैले रोक्नै नसक्ने बताएका छन ।
‘हिजोको कार्यशैली र सोचले काम छैन, ‘उनले भने, ‘नयाँ नयाँ सोच विचारले हुन्छ
।’ हिजो जनयुद्ध लडेको, वा एनजिओ चलाएको हिसाबले मुल्याङकन नहुने बताए । ‘हिजो को कससंग थियो, त्यो होडिदिनुहोस, ‘उनले भने, ‘सडकमा जानेलाई एक्याउनुपर्छ ।सामुहिक जनता र पार्टीको स्वार्थ अनुरुप काम गर्न निर्देशन दिनुभयो । एकत्रित भएर काम गर्न उनले सुझाव दिए । ‘तपाई हामीले राम्रो काम गर्नुपर्छ, ‘उनले भने, ‘पार्टीभन्दा बाहिर गएका स्वत आउनेछन ।’ ओली समुहले कञ्चनपुरले साविक सहित ४ सय ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नयाँ जिल्ला सदस्यलाई स्थायी कमिटी सदस्य भट्टले सपथ ग्रहण गराए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश दत्त जोशी, नर बहादुर धामी, राजेन्द्र रावल, निरुदेवी पाल, कृपाराम राना लगायतका नेताहरुले सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदम देश र जनताका लागि भएको भन्दै सही भएको बताएका छन । नेताहरुले ओलीकै कदम ठिक र स्थिरताका लागि भएको दावि गरेका छन ।
नेकपा कञ्चनपुरका अध्यक्ष समेत रहेका ओली समुहका केन्द्रीय सदस्य बीर बहादुर थापाले बैठकको प्रारम्भ गर्दै सचिव, कार्यालय सदस्य सहितलाई कार्बाही गरिने र ४सय ५१ जिल्ला सदस्य थप गरिने बताए । तत्तकालिन नेकपा जिल्ला सचिव तारालामा तामाङ्ग, कार्यालय सचिव रविन्द्र कुँवरको सट्टामा नयाँ नेताहरुलाई जिम्मेबारी दिईने जनाएका छन ।
नेकपा विषम र जटिल अवस्थामा रहेको बताउदै अध्यक्ष थापाले पार्टी एकतामा जोडदिएका छन । भेलाको नेकपा जिल्ला सदस्य एव ओली समुहका केन्द्रीय सदस्य पल्लवराज भट्टले संचालन गरेको कार्यक्रममा पालिका, जिल्ला, प्रदेश, केन्द्रीय नेताहरुको सहभागिता रहेको छ ।