कञ्चनपुर
नेपाली समाजमा एउटा उखान नै छ, भाईफुटे गवार लुटे । त्यो नेकपाको हकमा प्रत्यक्ष देखिन लागेको छ । उता सत्तारुढ दल नेकपा पाटी फुट्नु यता कञ्चनपुरको एक सामुदायिक वनमा कम्यूनिष्ट उम्मेदवार पराजित भएको घटनाले भाईफुटे गवार लुट कहानी सत्य सावित भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीको ग्वालावारी सामुदायिक वनको नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा नेकपा सत्ताधारी कम्यूनिष्टका उम्मेदवार पराजित भएका छन । यस अघि लामो समयदेखि कम्यूनिष्टका उम्मेदवारले ग्वालावारी सामुदायिक वनको नेतृत्व हाक्दै आएका थिए ।
नेकपा कम्यूनिष्ट फुटसंगै त्यसको प्रत्यक्ष प्रंभाव ग्वालाबारी सामुदायिक वनमा परेको छ । अध्यक्षका लागि काँग्र्रेस र नेकपाका तर्फबाट उम्मेदवारी परेको थियो । काँग्रेसबाट कमलराज गिरी(बाघ) र नेकपाबाट भीम बहादुर बोहरा(समौजी) उम्मेदवार थिए । गिरीलाई स्पष्ट काँग्रेस नेतृत्व सहित स्थानीय नेता कार्यकर्ताले साथ दिएका थिए । तर बोहरा नेकपा ओली वा (प्रचण्ड–नेपाल) कुन समुहका हुन भन्ने खुलेन् तर उनी नेकपाकै हुन । उनलाई दुवै समुहबाट सहयोग नहुँदा जित्ने चुनाव हारेका छन । काँग्रेसका तर्फबाट साझा उम्मेदवार गिरीले बोहरालाई १० मतको अन्तरले हराएका छन । गिरीले २ सय ४९ र बोहराले २ सय ३९ मत ल्याएका थिए । उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार जमुनादेवी भट्टले २ सय ६२ मत प्राप्त गरि विजयी भएका छन । उनका प्रंतिद्वन्दी नेकपाका नरेशदत्त जोशीले २ सय १४ मत प्राप्त गरि पराजय भएका छ्न । सचिवमा रुब्सी चन्द २सय ४५ मत, सदस्यमा पुष्पा नाथ २ सय ४९ मत, कलावती धामी २ सय ४० मत, सिद्धराज जोशी २सय ३३ मत र गणेश जोशी २सय ८४ मत प्राप्त गरि विजयी भएका छन् ।कुल मतदाता ५ सय ६५ मध्ये ५ सय ३२ मत खसेका थिए । ग्वालाबारी सामुदायिक वनको नेतृत्व सहितका पदाधिकारी पराजित भएपछि यसलाई नेकपा भित्रको फुटको संस्कार भनेका छन ।
काँग्रेस निर्वाचन क्षेत्र नम्बर २का नेता मिन बहादुर सिहले कम्यूनिष्टले जनतालाई झुक्याएर यस अघिका निर्वाचन जितेको बताउदै कम्यूनिष्टले दुई तिहाई मत दिएर पनि जनताको विश्वास नजित्नुको उपज ग्वालाबारी सामुदायिक वनको निर्वाचन परिमाण भएको बताए । ‘यो चुनावले कम्यूनिष्टलाई जनताले विश्वास गरेन, ‘उनले भने, ‘काँग्रेस पक्षमा जनलहर बढ्यो भनेर बुझ्नुहोस ।’ नेकपा युवा नेता समेत अर्जुन साउदले निर्वाचन परिमाण बारे समाजिक सञ्जालमा नेकपा फुटको असर पहिलो असर ग्वालावारी वनमा देखिएको जनाएका छन । नेकपा फुटको असर पहिलो असर पटक श्री ग्वालावारी सामुदायिक बन उपभोक्ता समुह कृष्णपुर नगरपालिका २ बाणी कंचनपुरको निर्वाचनमा देखियो । नेताहरुको समयमै चेत फर्कियोस! फुटेर हैनकी जुटेर मात्रै जित संभव छ अन्यथा भुईको टिप्न खोज्दा खल्तीको झर्ला होशियार !भनेर स्टाटस मार्फत धारणा अभिव्यक्त गरेका छन ।