आज पृथ्वी जयन्ती कञ्चनपुरका पनि मनाईदै

कञ्चनपुर
आज नेपाल एकिकरणका प्रणेता पृथ्वी नारायण शाहको जन्मोजयन्ती हो । पृथ्वी नारायण शाहको २ सय ९९ औँ जन्मोजयन्ती एव राष्ट्रिय दिवसका अवसरमा पृथ्वी जयन्ती मनाईदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका विभिन्न संघ संस्थाहरुले पृथ्वी जयन्ती मनाउँदैछन । राप्रपा कञ्चनपुरका अध्यक्ष पूर्ण बहादुर चन्दले बाईसे चौबिसे राज्यको एकिकरण गर्ने पृथ्वी नारायण शाहको जन्मोजयन्ती भव्य रुपमा मनाउने बताए ।

अध्यक्ष चन्दका अनुसार बिहान ११ बजे पार्टी कार्यालयमा ¥याली सहित महेन्द्रस्मारकमा दिवस मनाईने बताए । ‘पृथ्वी नारायण शाह यो देशकै एकिकरण गर्ने अभिभावक हुन, ‘अध्यक्ष चन्दले चन्दले भने, ‘यसलाई हामी सबैले मनाउनुपर्छ ।’ राप्रपाले उत्सवकै रुपमा मनाउने अध्यक्ष चन्दले बताए । नागरिक जागरण यात्राले पृथ्वी जयन्ती एव राष्ट्रिय दिवस मनाईने भएको हो । नागरिक जागरण यात्रा २०७७ले ‘राष्ट्र रक्षाका लागि राष्ट्रिय एकता नै आजको आवश्यकता हो, राष्ट्रिय एकताका लागि’ भन्दै दिवस मनाउन लागेको छ ।

ताजा समाचार

This will close in 10 seconds