मुक्त हलियाका महिलाहरुलाई स्वरोजगार बनाउन होजियारी तालिम

कञ्चनपुर

भीमदत्त नगरपालिका १९ बागफाँटाका मुक्त हलियाका महिलालाई ४५ दिने हाते होजियारी तालिम प्रदान गरी दक्ष बनाईएको छ । मुक्त हलियाका महिलाहरुलाई स्वरोजगार बनाउनका लागि होजियारी तालिम दिईएको हो ।
व्यवसायीक तथा सीप विकास तालिम केन्द्र र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको संयुक्त साझेदारीमा आर्थिक रुपमा विपन्न मुक्त हलियाका महिलाहरुलाई तालिम दिएको छ । तालिममा सहभागी २० जना महिलाहरुले सीप सिकेका छन । तालिममा सहभागी महिलाहरुको सीप परिक्षण गरी सिटिभिटीबाट प्रमाण पत्र समेत उपलव्ध गराईने भएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्त हलिया समाज नेपाल महासंघका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि इश्वर सुनारले मुक्त हलियाका महिलाहरुको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा जोड दिइनु पर्ने बताउनु भयो । उहाँले मुक्त हलिया परिवारलाई पुनः स्थापन संगै रोजगार संग जोडेर जीविकोपार्जनका लागि पहल हुनु पर्ने बताउनु भयो । कार्यक्रममा व्यवसायीक तथा सीप विकास तालिम केन्दका रामेश्वर भट्टले मुक्त हलिया परिवारलाई सीप सिकाई दक्ष बनाउनका लागि मागका आधारमा तालिम उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले जव सम्म मुक्त हलिया परिवारलाई आर्थिक रुपमा सवल बनाइदैन तव सम्म पुनः स्थापनको कार्यले सार्थकता नपाउने बताउनु भयो । कार्यक्रमका सहभागीहरुले छुट मुक्त हलिया पुनः स्थापनको कार्य समेत अगाडी बढाउन माग गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds