दोधारा
नेपाली कांग्रेसद्धारा आयोजित संसद बिघटन, सर्वसत्ताबाद र भ्रष्टाचार बिरुद्धमा लोकतान्त्रीक संबिद्यान रक्षाको लागी जनता संग अन्तरक्रिया कार्यक्रममा अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेशको ओईरो लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुई समुह देखा परेपछि आम जनतामा देखा परेको नैरश्यताको कारण नेपाली काग्रेंसमा प्रबेश गर्नेको संख्यामा बृद्धि भएको बताईएको छ् ।
माहाकाली नगरपालिका वडा नं. ९, ७ र ६ मा नेपाली कांग्रेसद्धारा आयोजित संसद बिघटन, सर्वसत्ताबाद र भ्रष्टाचार बिरुद्धमा लोकतान्त्रीक संबिद्यान रक्षाको लागी जनता संग अन्तरक्रियामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र अन्य पार्टी परित्याग गरि ४ सय ५० जना नेपाली काग्रेंसमा प्रबेश गरेको नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिका सचिव राजेन्द्र मल्लले जानकारी दिएका छन् । प्रबेश गर्नेमा पार्वती कट्टेल, गोपाल थापा, रमेश सुनार, अर्जुन गुरुङ्ग, नरेन्द्र बोग्टी, कबिता गुरुङ्ग, दिपा गुरुङ्ग, रानी सुनार लगाएत रहेका छन् ।
नेपाली काग्रेंसले माहाकाली नगर क्षेत्रमा संसद बिघटन, सर्वसत्ताबाद र भ्रष्टाचार बिरुद्धमा लोकतान्त्रीक संबिद्यान रक्षाको लागी जनता संग संचालन गरेको अन्तरक्रिया कार्यक्रम भोली माहाकाली नगरपालिका वडा नं. ३ देबिस्थान र माहाकाली नगरपालिका वडा नं. १ माहाकाली आदर्श माध्यमिक बिद्यालयमा संचालन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिका सचिव राजेन्द्र मल्लले बताएका छन् । नेपाली कांग्रेसले माहाकाली नगरपालिका वडा नं. ९ स्थित अम्बिका माध्यमिक बिद्यालयमा, वडा नं. ७ स्थित कालिका मन्दिर कंचनभोज र वडा नं. ६ स्थित हेल्थपोष्ट बजारमा संसद बिघटन, सर्वसत्ताबाद र भ्रष्टाचार बिरुद्धमा लोकतान्त्रीक संबिद्यान रक्षाको लागी जनता संग अन्तरक्रिया सम्पन्न गरेको थियो ।