आत्मनिर्भर बनाउन कुखुराका चल्ला वितरण कञ्चनपुर

कञ्चनपुर

आत्मनिर्भर बनाउन भीमदत्त नगरपालिका क्षेत्रका युवा किसानलाई कुखुराका चल्ला वितरण गरिएका छन । कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका, स्वदेशमा रहेपनि विभिन्न आर्थिक समाथिक समस्यामा परेका युवाहरुलाई कुखुराका चल्ला वितरण गरिएका हुन । बिहीबार निड्स नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका क्षेत्रका किसानलाई लोक्कल प्रजातिका कुखुराका चल्ला वितरण गरेको छ । निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले कोडिभका कारण विदेशबाट रोजगारी गुमेर नेपाल फर्किएका र स्वदेशमै रहेका विपन्न दलित, महिला र उद्यम गर्न चाहने युवा किसानलाई कुखुराका चल्ला वितरण गरेर आत्मनिर्भर बनाउन खोजिएको बताए ।

कार्यकारी निर्देशक रेग्मीका अनुसार समाजिक आर्थिक पुनलाभ कार्यक्रम र भीमदत्त नगरपालिकाको साझेदारीमा कार्यक्रम संचालन गरिएको छ । पहिलो दिन १० जना किशानलाई कुखुराका चल्ला वितरण गरिएपनि नगरपालिकाभरीका ७० किसानलाई ५० का दरले कुखुराका चल्ला वितरण गरिनेछन । ‘अण्डा दिनेदेखि मासु प्रंयोजनका लागि कुखुराका चल्ला वितरण गछौँ, ‘उनले भने, ‘वितरण गरिएका चल्लाको सहि सदुपयोग गर्नुपर्छ ।’ स्थानीय शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपालबाट कुखुराका चल्ला खरिद गरिएका हुन । एलिभिएटिभ नेपालका संचालक कृष्ण विष्टले एक महिनाका चल्ला दिएको बताए । ‘किसान र उपभोक्तालाई सहजताका लागि कुखुराका चल्ला बिक्रि गरेका छौँ, ‘उनले भने, ‘किसानले ईमान्दारितापुर्वक काम गरेर उपभोक्तलाई खोजेको मासु बजारमा खपत गर्न सकिन्छ ।’ भीमदत्त नगरपालिका समाजिक विकास अधिकृत गोमती अवस्थीले नगरपालिकाले बेरोजगार युवालाई उद्यम बनाउनका लागि ल्याएको कार्यक्तमको सदुपायोगमा जोडदिनुभयो ।

‘नगरपालिकाले बिनाधितो बिना ब्याज समेत दिईरहेको छ, ‘उनले भनिन, ‘यस्ता कार्यक्रममा सहभागि भइ ईमान्दारितापुर्वक उद्यम बन्नुहोस, स्वदेशमै रोजगारी गर ।’ चल्ला पाएका भीमदत्त नगरपालिका १९ बागफाँटाका स्थानीय हिक्मत कामीले स्वदेशमै उद्यम बन्ने बताए । ‘म पहिले विदेश थिए, कोरोनाले हालै स्वदेश फर्किएको हुँ, ‘उनले भने, ‘स्वदेश फर्किएसंगै घरमा सानोतिनो अरु पनि कुखुरा पालेको छु ।’ भीमदत्त नगरपालिका १ बाराकुण्डाकी सृष्टी विष्टले पनि स्थानीय कुखुराका चल्ला पाएसंगै घरमै व्यवसाय गर्ने बताईन । निड्स नेपाल कञ्चनपुरका कोषाध्यक्ष रविन्द्र देवकोटाले किसानलाई चल्ला हस्तान्तरण गर्दै व्यवसायिक रुपमा उद्यम गर्न आग्रह गरे । निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्ट(जोशी)ले स्वदेशमै उद्यम गरेर आत्मनिर्भर बन्न सुझाव दिनुभयो ।

ताजा समाचार

This will close in 10 seconds