पुनर्वासमा बृद्धको हत्या, भीमदत्तनगरमा शंकास्पद अवस्थामा युवक मृत भेटिए

कञ्चनपुर
कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक बृद्धको हत्या भएको छ । पुनर्वास नगरपालिका १ ढक्काकी ७१ बर्षिया खण्टीदेवि भुलको हत्या भएको हो । आईतबार दिउँसै बृद्धको हत्या भएको ईलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीका इन्चार्ज कैलाश विष्टले दिउँसोतिर बृद्धको हत्या भएको बताए । उनका अनुसार टाउको र अनुहारमा धाँरिलो हतियार प्रहार गरि कान र घाँटीमा लगाएको गरगहना लुटेरको लगेको छ ।
घरमै कोही नभएको मौकाछोपी बृद्धका गरगहना लुटका लागि हत्या भएको प्रहरीले आशंका गरेको छ । घटना स्थलमा तालिमप्राप्त कुकुर लगेर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताए ।

‘घटना गम्भिर खाले जस्तो छ, त्यहाँ कुकुरै लगेर अनुसन्धान गछौँ, ‘प्रवक्ता थापाले भने, ‘घटनामा संलग्नको पहिचान हुन्छ ।’ साथिको घर जाँन्छु भन्दै चारदिनदेखि घरबाट सम्पर्क बिहिन भएका भीमदत्त नगरपालिका ७ हल्दुखालका एक युवक पनि चुरे क्षेत्रमा मृत भेटिएका छन । आइतबार बिहान हल्दुखालका २२ बर्षिया पंकज कार्की मृत भेटिएका हुन । उनको भीमदत्त नगरपालिका १ खन्यखोला जंगलमा शव फेला परेको थियो । मृतक परिवार स्थानीयले हत्या भएको भन्दै गहन अनुसन्धानमा जोडदिएका छन । प्रहरीले घटना स्थलबाट शव पोष्टमाष्ट्मका लागि महाकाली अस्पतालमा ल्याईएको जनाएको छ । कञ्चनपुर प्रहरीले बृद्धको हत्या र युवकको शव बारे अनुसन्धान भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds