इलाका प्रहरी कार्यालय गुलरिया इन्चार्ज धामीको विदाई

कृष्णपुर

कञ्चनपुरको इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी नायब निरीक्षक भारत धामीको एक कार्यक्रमका विच विदाई गरिएको छ । कृष्णपुर नगरपालिकाले बुधबार एक कार्यक्रमका विच ईप्रका गुलरिया इन्चार्ज धामीको विदाई तथा सम्मान गरेको हो । कृष्णपुर नगरका मेयर कर्ण हमाल, प्रमुख प्रशासकीय अधिकृत शिवसिह भण्डारी लगायतका जनप्रतिनिधी एव कर्मचारीले विदाई गरेको हो ।

नेपाल प्रहरीमा सेवा गरेर यही २५पुषमा अनिवार्य अबकास पाउन लागेका धामीले ईप्रका गुलरियामा दुई पटक इन्चार्जको जिम्मेबारी सम्हालेका थिए । गुलरिया इन्चार्जको पहिलो पटक ३३ र दोस्रो पटक ७ महिना सफलता पुर्वक जिम्मेबारी सम्हालेका प्रनानि इन्चार्ज धामीको कामको मुल्याङ्गकन गर्दै स्थानीय सरकारले सम्मानका साथै विदाई गरेको हो । दार्चुलाका धामी हाल भीमदत्त नगरपालिका ६ ऐठपुर कञ्चनपुरमा समेत बस्दै आएका छन ।

तीन दशक नेपाल प्रहरीको सेवामा लागेका धामीले विभिन्न चौकी, ईप्रका इन्चार्जका साथै जिल्ला, प्रदेश, तालिम केन्द्र गणमा समेत इमान्दारितापुर्वक सफल पुलिसिङ्गका रुपमा चिनिन्छन । सेवानिव्रत भएपछि समाजिक सेवाका लाग्ने धामीको सोच छ ।

ताजा समाचार

This will close in 10 seconds