बेलौरी नगरपालिकामा तालबन्दी


बेलौरी
नेपाली काँग्रेस बेलौरी नगर समितिले बेलौरी नगरपालिकामा तालबन्दी गरेको छ । चालु आर्थिक बर्ष ०७७/०७८ का योजना सार्वजनिक सहितको माग अघि सारेर कार्यालय प्रमुख बुधबार खेम प्रशाद चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
नेपाली काँग्रस बेलौरीका नेता हरेन्द्र विष्टले चालु बर्षका योजना सार्वजनिक गर्नुपर्ने, अनाधिकृत रुपमा राखिएका कर्मचारी हटाउनुपर्ने, सामाजिक सुरक्षा भत्ता कायम हुनुपर्ने र सुशासन कायम गरेर पारदर्शी ढङगबाट काम गर्नुपर्ने माग अघि सारेर तालाबन्दी गरिएको बताए ।
नेता विष्ट सहित काँग्रेस कञ्चनपुरका सह–सचिव पुष्कल चौधरी, जिल्ला सदस्य प्रकासराज पन्त, क्षेत्रीय सभापति गोपी प्रशाद उपाध्याय सहितका काँग्रेस नेता कार्यकर्ताले बेलौरी नगरपालिका कार्यालय प्रमुख चौधरीको कार्यकक्षमा निश्चितकालिन तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण कामकाज प्रभावित भएको छ । माग पुरा नहुन्जेलसम्मका लागि तालाबन्दी जारी हुने नेताहरुले बताएका छन् ।

Loading Viewer...

ताजा समाचार

spot_img