नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभागको रक्तदान कार्यक्रम सम्पन्न


कञ्चनपुर

नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभागको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार नेपाली कांग्रेस महेन्द्रनगर कञ्चनपुरको समन्वय र नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

संयोजक तारा भाटको सभापतित्व र नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य यज्ञराज जोशीको प्रमुख आतिथ्यमा सन्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति हरि बोहोरा सह संयोजक ज्ञानेन्द्र वहादुर सिंह नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेती केन्द्रीय खेलकुद बिभाग सदस्य भान बहादुर चन्द तरुण दलका अध्यक्ष महेश चन्द लगायतको उपस्थिति रहेको थियो । सय जना भन्दा बढी ले रक्तदान गर्ने संयोजक तारा भाट ले जानकारी दिनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img