प्रादेशिक वन ऐन ल्याउने तयारीमा छौँ : संसद जोशी

कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभा सदस्य (प्रदेश संसद) महेश दत्त जोशीले प्रादेशिक वन ऐन ल्याउने तयारीमा जुटेको बताउनुभएको छ । यस अघि संघीय वन ऐन अन्र्तरगत प्रदेश, जिल्ला र स्थानीय तहमा संचालन भएकोमा अब प्रादेशिक वन ऐन ल्याईने बताउनुभएको हो । संघीय वन ऐनसंग नबाँझिने गरि प्रदेशमा पनि वन ऐन ल्याउनका लागि प्रदेश सभा तयारीमा जुटेको बताए । आइतबार कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा सामुदायिक वन समन्वय समितिले लालझाडी मोहना जैविक मार्ग हात्ति संरक्षण कार्यक्रममा बोल्दै संसद जोशीले प्रादेशिक वन ऐन ल्याउने तयारी रहेको बताउनुभएको हो ।

‘प्रादेशिक संरचना बनिरहेकै छ, ‘उनले भने, ‘यस अघि संघीय ऐन अनुसारै चलिरहेको थियौँ, अब प्रदेशले वन ऐन ल्याउँदैछ ।’ वन ऐन ल्याउने विषयमा तयारी थालिएको संसद जोशीले बताए । प्रदेश ल्याउने वन ऐन संरक्षण, उपभोग एवमा जोडदिईने छ । संसद जोशीले मानव र बन्यजन्तुको संरक्षण दुवैको अस्थित्वका लागि समेत ऐन आवश्यक रहेको औल्याए । ‘मानिसकै हितका लागि वन, पर्यावरण र वन्यजन्तुको संरक्षण गर्नुपर्छ, ‘उनले भने, ‘वन जंगलमाथि मानिसको अस्थित्व बढ्दैछ ।’ मानव समुदायकै अस्थितवका लागि वन्यजन्तु, जैविक विविधकता संरक्षण आवश्यक रहेको भन्दै स्थानीयकै प्रयासबाट कृष्णपुर लिस्ने क्षेत्रमा वन हात्तिले बच्चा जन्माएको बताए ।

‘केही समय अघि सो वन क्षेत्र उजाडभूमि जस्तै थियो, ‘उनले भने, ‘लोपोन्मुख विजयशाल संरक्षर््ाण भएको छ ।’ वन संरक्षण भएसंगै वन्यजन्तुको समेत वनमा बढोत्तरी भईरहेको बताए । वनको बहुसदुपयोग गर्दै वनलाई खेती प्रणालीमा लैजानुपर्ने बताउदै उनले वनमा श्रम, लगानी आवश्यक रहेको औल्याए । वन र वन्यजन्तुको द्वन्द्व न्यूनिरण गर्नुपर्नेमा जोडदिए ।

ताजा समाचार