कोरोनाबाट एक बालिकासहित ७ को मृत्यु,संख्या २२८ पुग्यो

कञ्चनपुर

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस ूकोभिड(१९ू समुदायमा एका एक दिनप्रतिदिन फैलि बालबालिका र वृद्धवृद्धा असुरक्षित हुन थालेका छन्। महामारीको विषम परिस्थिति संगै पछिल्लो समय वृद्धवृद्धाहरुको ज्यान गइरहेका बेला एकजना ४ वर्षीया बालिकाले पनि ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्याक डाक्टर जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

गौतमका अनुसार कोरोना संक्रमणबाट महोत्तरीकी एकजना ४ वर्षीया बालिकाले ज्यान गुमाएकी हुन्।नेपालमा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

अन्य मृत्यु हुनेमा गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिला, त्यस्तै झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरूष रहेका छन्। सुदूरपश्चिममा पछिल्लो समय दिनप्रतिदिन एक पछी गरि संक्रमण बढ्दै गएपछि समाजमा त्रास फैलिएको छ।

ताजा समाचार

This will close in 10 seconds