ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी घेराउ : लाठी चार्जमा प्रहरी र केही अँदोलनकारी घाईते

दोधारा 

माहाकाली नगरपालिकामा सवारी दुर्घटनामा परी ज्यान गुमाएका युवकलाई क्षतिपूर्ति माग्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । शनिबार अबेर साँझ मृतका आफन्त तथा स्थानियहरुले शवलाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको कार्यालय गेटमा राखेर नाराबाजी गरेका हुन् । उनिहरुले मृतक युवकलाई क्षतिपूर्ति सहित न्याय पाउनु पर्ने भन्दै आन्दोलित भएका हुन् ।

शुक्रबार माहाकाली नगरपालिका वडा नं. ६ मुल सडक खण्डमा मोटरसाईकल एक आपसमा ठोक्कीदा माहाकाली नगरपालिका वडा नं. १ बस्ने वर्ष अन्ताजी १९ का सागर बमको मृत्यु भएको भएको छ भने मोटरसाईकलमा सवार माहाकाली नगरपालिका १० अन्दाजी वर्ष २० का कुमार बुढाको खुट्टा भाँचिएर गम्भिर घाईते भई उनको उपचार भईरहेका छ् । महाकाली अञ्चल अस्पतालमा उपचारकै क्रममा सागर बमका मृत्यु भएको हो । भारतिय नम्वर प्लेटको युके ०६ ए एफ ८४२६ को भारतिय नम्वर प्लेटको मोटरसाईकलको युके ०६ ए ०६ ए ५८१२ एक आपसमा ठोक्कीदा सागर बमको मृत्यु बताईएको छ् । न्याय माँगको लागी दर्जनौ संख्यामा महिला तथा पुरुषको राती सम्म ईलाका प्रहरी कार्यालय अघि धर्ना दिएका हुन् ।

उनिहरुले ईलाका प्रहरी कार्यालयको मुल गेट हल्लाउदै नेपाल प्रहरी मुर्दाबाद, जनप्रतिनिधी मुर्दाबादको नारा लगाएका हुन् । ईलाका प्रहरी कार्यालयको नजिक माहाकाली नगरपालिकाको मुल सडक खण्डमा आवात जावत ठप्प गरि सडकमा टायर जलाएर बिरोध प्रर्दशन उत्रेका थिए । प्रहरी भिड अनियन्त्रीत हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालयबाट थप टोली झिकाएको हो । अवस्था तनावपूर्ण हुने सक्ने सम्भावना बढेको कारण जिल्लाबाट थप टोली झिकाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । आन्दोलनमा स्थानियहरु आक्रोशित बढे संगै आन्दोलनकारी थपिने क्रम बढेपछि सुरक्षा व्यवस्था कडा बनाईएको हो । स्थानीयले मृतक युवकका परिवारलाई सात लाख क्षतिपूर्तिको माँग गरिएको श्रोतले जानकारी दिएको छ् ।

उनीहरुले शव सहित इलाका प्रहरी कार्याल घेराउ संगै टायर बालेर सडक अवरुद्ध गरेपछि स्थित तनाव ग्रस्त भएको हो । स्थानियहरुले ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीले लाठी चार्ज गरेपछि आन्दोलनकारी तितरबितर भएका थिए । प्रहरीको लाठी चार्जबाट आन्दोलकारी केही महिला घाईते भएका बताईएको छ भने, आन्दोलनकारीको ढुङ्गा प्रहारबाट ईलाका प्रहरी कायाृलय दोधारा चाँदनीमा कार्यर्त प्रहरी हुकुम सिंह बोहरा टाउकोमा चोट आएको बताईएको छ् । प्रहरीले भिड तितरबितर गरेपछि गरेपछि आफन्त तथा स्थानियहरुले मृतकको शव ट्राली सहित प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा छाडेका छन् । समाचार तयारपारुञ्जेल ईलाका प्रहरी कार्यालयमा मृतक युवकका आफन्त सहित जनप्रतिनिधि र प्रहरी बिच समाधानका लागि छलफल सुरु हुदै गरेको हो ।

ताजा समाचार

This will close in 10 seconds