जन्मदिनको उपलक्ष्यमा कोरोनाका बिरामीलाई फलफुल

महाकाली अस्पतालमा उपचारार्थ कोरोनाका बिरामीका लागि कञ्चनपुरकी महिलाले फलफुल सहयोग गरेकी छिन् । आफ्नो जन्मदिनको अवसरमा लालझाडी गाउँपालिका ६ चाँन्देव कञ्चनपुरकी प्रभा भट्टराई (भट्ट)ले अस्पतालका उपचारार्थ रहेका कोरोनाका संक्रमित बिरामीलाई फुलफुल दिएका हुन् । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरस बिरुद्ध लडिरहेकालाई हौसला प्रदानका लागि जन्मदिनमा फलफुल सहयोग गरेको उनले बताईन् । एक काटुन स्याउ र पाँच दर्जन केरा वितरण गरिएका छन् । मिरमिरे डटकम कञ्चनपुरका समाचारदाता डम्मर भट्टकी धर्मपत्ती प्रभाले आफ्नो जन्मदिनका अवसरम फलफुल दिएका हुन् । प्रभाका पति पत्रकार भट्टले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले यसरी कोरोनाका बिरामीका लागि फलफुल दिएपछि बिरामीलाई नास्ताका रुपमा वितरण गरिएको बताए । यसबाट कोरोना संक्रमित बिरामीलाई थप हौसला प्रदान हुने बताए ।

ताजा समाचार

This will close in 10 seconds