अधिकारकर्मी र महिला संघ नेपाल कञ्चनपुरद्धारा गृहमन्त्रीलाई ज्ञापन पत्र


कञ्चनपुर

बैतडीको दोगडाकेदार गाँउपालिका–७ चडेपानीकी १७ बर्षिया भागरथी भट्टको बलात्कारपछि हत्या घट्नाको सत्य, तथ्य छानविन गर्न नागरिक समाज कञ्चनपुरले जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या घट्नाजस्तै दुर्दशा नहोस भन्दै अधिकारकर्मिहरुले कञ्चनपुर जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । अधिकारकर्मीहरुले बैतडीको घट्नाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन ।
निर्मलाको बलात्कारपछि हत्या घट्नाको सत्य तत्य र निष्पक्ष अनुसन्धान हुन नसक्दा त्यसयता ४५ जना छोरी/चेलीहरुले ज्यान गुमानु परेको नागरीक समाज कञ्चनपुरकी अगुवा मिना रोकायाले बताईन । ‘निर्मला बहिनीले अहिलेसम्म न्याय नपाएकोले नै त्यसयता ४५ जना हाम्रा छोरी / बहीनीले ज्यान गुमाउनु परेको छ ।’, मानव अधिकारकर्मी रोकायाले भनिन् ‘बैतडीको घट्नाको निर्मला घट्नाको जस्तो हालत नहोस भागरथी भट्ट बहिनीले न्याय पाउन ।’ अधिकारकर्मी शारदा चन्दले पनि बैतडीको घट्नाको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिईन । ‘निर्मला घट्नामा त जानाजान प्रमाणहरु नष्ट गरिए तर त्यस्तो पार्वती भट्टको घट्नामा नहोस ।’ अधिकारकर्मी चन्दले भनिन् ‘चाडोभन्दा चाडो घट्नाको निष्पक्ष अनुसन्धा भएर अपराधी सार्वजनिक गरिनुपर्छ । ’
जिल्ला अधिकारीले ज्ञापन पत्र बुझ्दै चाडोभन्दा चाडो ज्ञापनपत्र गृहमन्त्रालयमा पु¥याउने बताउदै निर्मलाको घट्नामा पनि सरकारको अनुसन्धार जारी रहेको र बैतडीको घट्नामा पनि सरकारले अनुसन्धान गरी छिट्टै अपराधी सार्वजनिक गरिने बताए । शुक्रबार कञ्चनपुर महिला संघ नेपालले पनि बैतडीको घट्नालाई लिएर निष्पक्ष अनुसन्धानको माग राख्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत गृहमन्त्री र प्रधानमन्त्री ज्ञापन पत्र बुझाएको छ । महिला संघ कञ्चनपुरकी अध्यक्ष मधु भारतीको नेतृत्वमा गएको महिला संघको टोलीले ज्ञापन पत्र बुझाएको हो । बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा विहीबार साँझ ५ बजेतिर मात्रै मृत अवस्थामा अवलेक जंगलमा भेटिईएकी थिईन ।

Loading Viewer...

ताजा समाचार

spot_img