सुदूरपश्चिममा भूवा पर्व मनाइदैं


कंचनपुर

सुदूरपश्चिमका पहाड़ी जिल्ला बझांग बजुरा डोटी अछाम संगै कर्णाली क्षेत्रका केहि जिल्लाको मौलिक सस्कृति र प्रमुख पर्व हो भुवा पर्व अर्थात भस्सो । द्वापर युगमा पाँच पांडव ले सुरु गरेको यो पर्व युद्द कला सँग सम्बंधित छ । एक हातमा तरबार एक हातमा ढाल समाई बाजा को तालमा खेल्ने जति सबैले एक चाल मिलाई ढाल तरबार चलाई र एक नासले पाइला मिलाई खेल्ने यो खेल खेल्न हेर्न रमाइलो हुन्छ । कौरव माथि पांडवको बिजय भएको हर्सोल्लासको रूपमा असत्य माथि सत्यको बिजय भएको उपलक्ष मानिदै मनाईदै आएको छ ।

भुवा सुरु हुनै ठाउ भुवा खाणा बाट भुवो सुरु भै गाँउ गाँउ घर घर गएर खेलिन्छ । अगाडि भैलो जस्तै गरी केहि ब्यक्तिले भटयाउने – माणा हाल्ने ) र पछाडि सबैले भस्सी रे भस्सो भन्दै गाउदै खेलिन्छ। माणामा पाच पांड्ब को गाथा गाउदै भुवो पर्वका बाट कसरी आयो भन्ने पनि बर्णन गरिन्छ। भुवो खेली सके पछि घर मुलीले सकेको दक्षिणा दिन्छन । पुशकों औसी बाट सुरु भै माग महीना भन्दा पहिला या पुणिमा भन्दा पहिला सक्नु पर्छ । भुवा खाणा मा राती भारी खेल देउडा खेल खेलिन्छ । कंचनपुर मा खप्तड समाज कंचनपुर ले अघिल्लो साल देखि भुवा पर्व बनाउन सुरु गरेको थियो ।

यो पाली भुवा पर्व एक दिन मात्र हुने भएको ले खप्तड समाज कंचनपुर ले पुश २९ गते महेन्द्रनगर बजार मा गायिका संगीता शाह गायक ¥यापर अराज केशव गायक सुर्य बीरहि साउद की देउडा गीत को प्रस्तूती सहित भूवो भस्सो र चाली खेली धूम धाम सँग मनाउने भएको छ । २९ गते बिहान ११ः३० देखी भुवो पर्व खेलिने छ ।


ताजा समाचार

spot_img