कञ्चनपुर

चिसो छल्नका लागि निड्स नेपालले कञ्चनपुरका विपन्न नागरिकलाई न्याना लुगा वितरण गरेको छ । भीमदत्त नगरपालिका १८ सालघारी क्षेत्रका विपन्न एकल महिला, जेष्ठ नागरिक, गर्भवति, सुत्केरी महिलालाई चिसोबाट जोगिनका लागि न्याना लुगाका साथै भाँडाकुडा वितरण गरिएको हो ।

निड्स नेपाल कञ्चनपुरका कोषाध्यक्ष रविन्द्र प्रशाद देबकोटाले आर्थिक रुपमा विपन्न भएका ३४ नागरिकलाई चिसोबाट बाँच्नका लागि प्रति व्यक्ति २ सल, १टोपी, ईलेक्ट्रिोनिक जग, ब्याक, वितरण गरिएको बताए ।







