दोधारा

देशमा जारी बन्दाबन्दी सकिएको छ् । तर समाजको अवस्थाले अझै पहिलेकै जस्तो हुन सकेको छैन् । भारत लगाएत स्थानमा कोरानाले रोजगारी गुमेका स्थानियहरुलाई अझै पहिलेकै अवस्थामा घर चलाउन हम्मे परेको छ् । यसै बिच गरिब तथा बिपन्न परिवारको लागी साहारा बनेको छ् । माईती नेपाल कञ्चनपुर । समाजमा रहेका बिपन्न तथा गरिब परिवारलाई दैनिक एक छाक खानाले गरिब परिवारमा राहत महशुस भएको छ् । कारण खाद्यन्न संकटमा परेका अति विपन्न परिवारका लागि माईती नेपाल सहारा बन्दै आएको छ् । भोकाहरुलाई आहारा दिएर माईती नेपाल उनीहरुको सहारा बनेको हो । कञ्चनपुरको बिभिन्न बस्तीमा दैनिक छाक टार्न समस्या भएकाहरुका लागी माईती नेपालले सामुदायिक भान्छा बरदान सामबित भएको छ् ।

माईती नेपाल कञ्चनपुरले संचालन गरेको सामुदायिक भान्छामा अति बिपन्न परिवारको सहभागिता बढेको मात्रै छैन उनीहरुको खाद्य अधिकार समेत सुनिश्चित बनेको माहाकाली नगरपालिका वडा नं. ३ निवासी तथा शिक्षिका मथुरा पन्त बताउछन् । संचालित सामुदायिक भान्छामा दैनिक एक छाक करिव २ सय ५० जनालाई खाना वितरण गर्ने गरेको माईती नेपाल कन्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिए । युएन ओमनको आर्थिक सहयोगमा माईती नेपालले कञ्चनपुरका विपन्न समुदायका बस्तीका महिला र बालबालिकालाई सामुदायिक भान्सा मार्फत पोषिलो खाना खुवाउने अभियान सुरु भईरहेको उनको भनाई छ् । कञ्चनपुरको बिभिन्न गरिब तथा बिपन्न बस्ती संग माहाकाली नगरपालिकाको वडा नं. ६ बादी बस्ती, वडा नं. ३ को जामुनाघारी माईती नेपालले दैनिक एक छाक पोशिलो खाना खुवाएको हो । अहिले माहाकाली नगरपालिका वडा नं. ३ नेपाल–भारत सिमा बस्ती बडवाल टोलमा पोशिलो खाना खुवाउने कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

बडवाल टोल नेपाल–भारत संग जोडिएको सिमा बस्ती हो । जुन हात्ती पिडित क्षेत्र पनि हो । बस्तीमा अधिकांश पुरुषहरु भारतमा ज्याला मजुरी गर्न जाने गर्दछन् । कृषीमा निर्भर भएका बस्ती त्यसैमा हात्तीको बतानले उनिहरुले लगाएको बाली वर्षेनी नष्ट गर्ने गर्छ । कोरोनाका कारण रोजगारी गुमाएका र दैनिक छाक टार्न समस्यामा परेका आफु जस्तै थुप्रै घरपरिवारलाई माईती नेपालको सामुदायिक भान्सामा सहभागी गराई ठुलो सहयोग गरेको स्थानीय रेखा नेपालीले बताए । ‘अहिलेको अवस्थामा सा“झँ बिहानको छाक टार्न समस्या परेको छ, यस्तो बेला हामीलाई एक छाक खुवाएर ठुलो सहयोग पाएका छौं’ स्थानिय रेखा नेपालीले भने । कोरोना भाईरसको कारण आफन्तको भारतमा जागिर गुमेर खाली हात फर्केको कारण घरमा चुल्हा जलाउन आफुहरुलाई समस्यामा पर्दै गएको बेला माइती नेपाल कञ्चनपुरले दैनिक एक छाक खाना बितरणले घरमा भएको रासन बचेको स्थानिय लक्ष्मी रानाले बताएका छन् । कार्यक्रममा गरिब तथा बिपन्न परिवारलाई पोशिलो खाना संगै स्वास्थ्य सामग्रीमा मास्क, साबुन सेनेटेरी प्याड, नानीहरुलाई सर्वोत्तम पिठो समेत माईती नेपाल कञ्चनपुरले गरिब तथा बिपन्न घरपरिवारमा बितरण गरेको छ् ।






