कञ्चनपुर

वेतकोट नगरपालिका–७, ८ रौटेला स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिएर बस्दै आएका जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । स्वर्गिय बुवा खडक सिंह पालीको बार्षिक पुण्य तिथिका आवसरमा अष्ट्रेलियमा बस्दै आएकी उनकी छोरी संगिता बिष्ट पालीले केन्द्रमा बस्दै आएका १६ जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गर्ने व्यवस्था गरेकी हुन ।

घरमा रहेकी आमालाई आवश्यक रकम पठाई उनले कम्बलको व्यवस्था मिलाएको हरिश सेठीले बताए । उनका अनुसार जेष्ठ नागरिकलाई न्यानो कम्बल संगै फलफुल समेत वितरण गरिएको छ । कम्बल र फलफुल वितरण कार्यक्रममा पालीका परिवारजनको सहभागीता रहेको थियो । न्यानो कम्बल पाएपछि केन्द्रको आश्रयमा बस्दै आएका जेष्ठ नागरिकले खुसि व्यक्त गरेका छन ।







