बैतडी

स्वास्थ्य कार्यालय बैतडीले झुलाघाट नाकामा दुई जना स्वास्थ्यकर्मी सहित नियमित रुपमा हेल्थ डेस्क स्थापना गर्ने भएकाे छ । एक जना हेल्थ असिष्टेन्स र एक अनमी रहने गरि झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गर्न लागेकाे हाे। झुलाघाट नाका आंशिक रुपमा खुल्न थालेसँगै स्वास्थ्य कार्यालयले हेल्थ डेस्क स्थापनाकाे तयरी अन्तिम चरणमा पुगेकाे स्वास्थ्य कार्यालय प्रमुख याेगेश भट्टले जानकारी दिए।

हाल आवस्यक जनशक्तिका लागि आवेदन खुला गरेकाे र एक हप्ता भित्रै कर्मचारी भर्ना गरिने भट्टले बताए। हेल्थ डेस्कमा सिमा वारपार गर्ने सबैकाे स्वास्थ्य चेकजाच गरिने भट्टकाे भनाई छ। हेल्थ डेस्कले सिमा वारपार गर्ने ब्यक्तिका साथै स्थानीयहरुलाई समेत स्वास्थ्य सेवा दिने छ।







