कञ्चनपुर
केही दिन अघि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समुहले केन्द्रीय सदस्य बनाईएका कृष्णपुरका एक जना जनयुद्धकालिन नेताले ओली समुहको केन्द्रीय सदस्य त्याग गरेका छन । कृष्णपुर नगरबाट ओली समुहको केन्द्रीय सदस्य बनेका अमिन दहितले सो केन्द्रीय सदस्य एव ओली गुट त्याग गरेको घोषणा गरेका हुन ।


दहितले एक प्रेस विज्ञप्ती निकाल्दै असम्वैधानिक कदम र म्यादी सरकारको झुटो आवश्वासन भएको भन्दै आफु सो समुहको केन्द्रीय सदस्यमा नरहेने जनाएका छन । कम्यूनिष्ट आन्दोलन एव असम्वैधानिक कु बिरुद्ध लड्नुको विकल्प नभएको समेत दहितको तर्क छ । प्रधानमन्त्री सुप प्रदेश आउन लागेका दिन दलिहतले ओली समुह त्याग गरेर नेपाल प्रचण्ड समुहकै एजेण्डामा सहभागि हुने जनाएका छन ।







