दोधारा

माहाकाली नगरपालिकाका नगर प्रबक्ता सिजालीले आफ्नो जन्म दिनको असरमा एक बिपन्न परिवारको घर निमार्ण गरिदिएका छन् । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले वडा नं. ६ निवासी सुक्कु सुनारको घर निमार्ण गरिदिएका हुन् । आर्थिक संकटबाट गुज्रिदै आएका सुक्कु सुनार एकल महिला हुन् । ४ छोरी र एक छोराका आमा सुक्कु सुनार फुसको छानोमा बसोबास गर्दै आएका थिए । भत्किएको छानोमा बस्दा घाम पानीले निकै समस्या पर्दै आएको उनले बताए ।

घरमा कमाई गर्ने मान्छे नभएको कारण उनलाई आर्थिक कठिनाई बढ्दै गएको बताएका छन् । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले आर्थिक कठिनाईको कारण घर बनाउन नसकेको कारण वडा कार्यालयको सहयोग र आफ्नो ब्यक्तीगत सहयोगबाट कर्कटपाताको घर निमार्ण गरिदिएको बताएका छन् । आज आफ्नो आज जन्म दिन पारेर युवाहरुको सहयोग लिएर कर्कट पाताको घर निमार्ण गरिएको बताएका छन् ।

वर्षामा सबै पानी भित्र आउनेबाट मुक्त भएको कारण आज सुक्कु दंग भएका छन् । उनले वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सिजालीलाई मुरीमुरी धन्यबाद दिदै गरिबको पिडामा मलहम लगाएको भन्दै खुशी ब्यक्त गरेका छन् । वडा अध्यक्ष सिजालीले गरिब तथा अतिबिपन्न सुक्कुको घर निमार्ण गरेको स्थानियहरुले समेत खुशी ब्यक्त गर्दै उनलाई धन्यबाद दिएका छन् ।






