दोधारा चाँदनीमा असहाय र बिपन्न जेष्ठ नागरिकहरुलाई कम्बल बितरण

दोधारा

माहाकाली नगरपालिकाले असहाय बिपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) बितरण गरेको छ् । माहाकाली नगरपालिका कार्यालयको आयोजनामा माहाकाली नगरपालिकाका २५ जना असहाय बिपन्न जेष्ठ नागरिकलाई कम्बल बितरण गरेको माहाकाली नगरपालिका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखकले जानकारी दिएका छन् । माहाकाली नगरपालिकाका वडा नं. १ देखि १० सम्मका आर्थीक अवस्था कमजोर, असक्त तथा बिपन्न परिवारका जेष्ठ नागरिकलाई चिसो छल्न न्यानो लुगा (कम्बल) प्रदान गर्ने उद्धेश्यका साथ नगरपालिकामा बृद्ध बृद्धाहरुलाई आज एक कार्यक्रमका बिच कम्बल बितरण गरिएको माहाकाली नगरपालिका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखकले बताएका छन् ।

असहाय बिपन्न जेष्ठ नागरिकलाई कम्बल बितरण कार्यक्रममा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, माहाकाली नगरपालिका कार्यालयका कार्यक्रम संयोजक भानदेब भट्ट लगाएत जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले असहाय बिपन्न जेष्ठ नागरिकलाई चिसो बाट बच्न र बिभिन्न रोग लाग्न नदिने उद्धेश्यले माहाकाली नगरपालिकाको तर्फबाट सानो सहयोग गरेको बताएका छन् । बृद्ध बृद्धाहरुलाई संधै अभिभावक सम्झिरहनु आवश्यक रहेको र सुरुमा थोरै राहत भएपनि आगामी कार्यक्रमहरुमा सबैलाई समेट्ने र असहाय बिपन्न जेष्ठ नागरिकहरुको हक र अधिकारलाई सुसुचित ढंगबाट प्रत्याभुत गराउने माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी गिरीले बताएका छन् । जेष्ठ नागरिक सम्मान गर्नु हाम्रो सस्कार हो ।

भगवानको पुजा गर्नु भन्दा आफ्नो बृद्धबृद्धा आमा बुवाको पुजा गरि आशिर्वाद लिन सके अति उत्तम हुने कार्यक्रममा बताईएको छ् । कम्बल पाएपछि खुशी ब्यक्त गर्दै बृद्धबृद्धाहरु चिसोबाट सुरक्षित रहन माहाकाली नगरपालिका कार्यालयले सहयोग गरेको धन्यबाद दिएका थिए । कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, माहाकाली नगरपालिका कार्यालयका कार्यक्रम संयोजक भानदेब भट्टले असहाय बिपन्न जेष्ठ नागरिकको लागी आगामी दिनहरुमा थप सहयोगको खाँचो रहेको र माहाकाली नगरपालिका कार्यालय उनिहरुलाई सहयोग गर्न थप कार्यक्रम गर्दै जाने बताएका छन् । असहाय बिपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) बितरण कार्यक्रमको सभाध्यक्ष माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझाले गरेका थिए भने कार्यक्रम संचालन माहाकाली नगरपालिका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखकले गरेका थिए ।

ताजा समाचार