दोधारा

कञ्चनपुरमा रहेको विपन्न तथा गरिब घरपरिवारलाई माइती नेपाल कञ्चनपुरले पौष्टिक खाना वितरण अभियान अन्तर्गत आज माहाकाली नगरपालिकामा समेत पौष्टिक खाना खुवाउने कार्यक्रम अघि बढाएको छ् । लामो समय देखी महामारीको रुप लिएको कोरोना भाईरसका कारण प्रभावित परेपछि अतिगरिब तथा बिपन्न परिवारमा छाक टार्न समस्या परेकाहरुलाई माहाकाली नगरपालिकाका दलित तथा अतिबिपन्न घरपरिवारमा पौष्टिक खाना अभियान सुरु गरिएको बताईएको छ् । आज माहाकाली नगरपालिका वडा नं. ६ को बादी टोल र वडा नं. ३ का माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा संग गा“सिएको जामुनाघारीमा पौष्टिक खाना खुवाउन थालिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।

माईती नेपाल कञ्चनपुरले कोरोना भाइरसका कारण गरिएको लकडाउन खुलेको भएपनि स्थानियहरुमा पुरानो वातावरणमा जान नपाएको भन्दै विपन्न तथा गरिबहरुका लागी माइती नेपाल, युएनवुमन संस्था र स्थानीय तहहरु संगको सहकार्यमा पौष्टिक खाना खुवाउने अभियान अन्तर्गत सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ् । माइती नेपालकी संयोजक महेश्वरी भट्टले कोरोनाका कारण रोजगारी गुमाएका विपन्न परिवारका महिलाहरुको लागी सामुदायिक भान्छा कार्यक्रम अन्तर्गत माहाकाली नगरपालिकाको वडा नं. ३ को जामुनाघारी र वडा नं. ६ का बादी टोलमा पौष्टिक खाना खुवाईएको बताएका छन् । माहाकाली नगरपालिकाको दुबै वडा गरि सामुदायिक भान्सा कार्यक्रममा २ सय ५० जना गरिब तथा अतिबिपन्न परिवारलाई खाना खुवाउने कार्यक्रम सुरु गरेको उनले बताएका छन् । ‘माहाकाली नगरपालिका क्षेत्रमा कोरोना संक्रमण समुदाय स्तरमा देखिएको छ् । कोरोना संग जुध्न पनि ईम्युनिटी पावर बढाउन पौष्टिक खाना खानु आवश्यक हुने गर्दछ ।

गरिब घरपरिवारमा पौष्टिक खाना हुदैन्’ माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्,– ‘कोभिडका कारण रोजगारी गुमाएका तथा दैनिक ज्याला मजदुरी गरेर जिवन चलाउने विपन्न तथा गरिब महिलाहरुलाई पौष्टिक खाना वितरण गर्ने अभियान माहाकाली नगरपालिका क्षेत्रमा समेत अगाडी बढाइएको छ् ।’ माहाकाली नगरपालिका वडा नं. ३ स्थित रहेको जामुना आधारभुत बिद्यालयका शिक्षिका मथुरा पन्तका अनुसार माईती नेपालले समुदाय स्तरमा संचालन गरेको भान्छा अभियान समय सान्द्रभिक रहेको बताएका छन् ।
गरिब तथा अतिबिपन्न घरपरिवारमा लकडाउनको कारण समस्यामा परि घरमा एक छाक टार्न समस्या पर्दै आएको कारण माईती नेपालको सामुदायिक भँन्छा अभियान बरदान साबित भएको शिक्षका मथुरा पन्तले बताएका छन् । उनले गरिब तथा बिपन्न परिवारलाई एक छाक पौष्टिक खाना खुवाने कार्यको निकै प्रशंसा गर्दै गरिब घरपरिवारको आशिष लाग्ने बताएका छन् । कोभिडका कारण लकडाउनको मारमा परी रोजगारी गुमाएका जिल्लाका विभिन्न विपन्न तथा गरिब परिवारलाई यस अघि समेत सामुदायिक भान्छा कार्यक्रम सञ्चालन गरेको माइती नेपालले यस पटक दोस्रो चरणमा पौष्टिक खाना वितरण कार्यक्रम गर्न लागेको हो ।
