कञ्चनपुर

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २बाट प्रतिनिधी सभा सदस्य निर्वाचित नर बहादुर धामी दिनदुखीको दयामा जुटेका छन । विघठित प्रतिनिधी सभा सदस्य एव ओली पक्षीय नेकपा केन्द्रीय सदस्य समेत रहेका धामीले दिनदुखीको सेवा गरिरहेका छन । पुर्व प्रतिनिधी सभा सदस्य धामीका स्वकीय सदस्य अर्जुन भट्टले दिनदुखी पुर्व वाढि पीडित कालुराम जोशीलाई दाल चामल तेल नुन चिनी लत्ता कपडा चिसो छल्ने न्यानो कपडा) दिएको बताए ।

संसद धामीले आफ्नो जन्म दिनको अवसरमा गरीब तथा असहाय कालुराम जोशीको परिवारलाई सहयोग गर्नुभएको हो । शुक्लाफाटा नगरपालिका वडा नम्बर ७ कृष्ण माध्यमिक विद्यालय हाताभित्र आश्रय लिई बसिरहेका जोशीको परिवारलाई न्याना लुगा खाद्यान्न पाल भाँडाकुँडा लगायतका सामग्रीहरु हस्तान्तरण गरेका छन् । पूर्वसांसद कृपाराम राना, शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष जगत बहादुर सिंह, नेकपाका वडा अध्यक्ष दानबहादुर मडै नेकपाका स्थानीय नेता कालु सिंह थप्न, राम सिंह ठगुन्ना लगायतको उपस्थितिमा संसद धामीले बेसहारा भएका जोशीको परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेका छन् ।

आफ्नो जन्मदिनको अवसरमा घरबारविहीन भएका बेसहारा जोशीको परिवारलाई सहयोग गर्दै प्रतिनिधि सभा सदस्य नरबहादुर धामीले अब सबै अव्यवस्थित बसोबासी भूमिहीन सुकुम्बासी दलित तथा घरबारविहीन अरुलाई भूमिव्यवस्था समस्या समाधान आयोग मार्फत सबैलाई आफ्नो जग्गा को मालिक बनाउने कार्य तिव्रताका साथ अगाडि बढेको बताउनुभयो । डडेल्धुराको जोगबुडा मा बसोबास गर्ने कालूराम वयकजष् का द्द छोरा र दुई छोरी रहेका छन् । जोशी र उनकी धर्मपत्नी अपाङ्ग रहेका छन् भने छोराछोरी पनि अपाङ्ग भएकाले आफ्नो दैनिक गुजारा गर्न आफूलाई निकै कठिन भएको जोशीले बताउनुभयो । घरबास तथा जमिन नभएका जोगबुढाबाट बाढी पीडितका रुपमा बिस्तापित भई शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ आश्रय लिई बसिरहेका छन् ।
