विद्यालयको भौतिक संरचना सुधार गर्दै भीमदत्त नगरपालिका

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयको भौतिक सुधारमा जुटेको छ । सामुदायिक विद्यालयको भौतिक एव शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाले चालु आर्थिक बर्ष २०७७/०७८ मा भौतिक संरचना निर्माण गरिरहेको छ । नगर क्षेत्रका दर्जनौँ विद्यालयमा भौतिक संरचना निर्माण गरिसकेको नगरपालिकाले भौतिक सरचना कमजोर भएका विद्यालयमा निर्माण गरिरहेको छ । सोमबार भीमदत्त नगरपालिका १२ ऐरीमा रहेको पूर्ण उमाविमा चार कोठे पक्की भवनको शिलान्यास गरिएको छ ।

३३ लाख लागतमा निर्माण हुने विद्यालय भवनको शिलान्यास गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सामुदायिक विद्यालयको भौतिक सरचना सुधारको योजना अनुरुप काम भईरहेको बताए । मेयर विष्टले सामुदायिक विद्यालय सुधार भए मात्रै सबै विपन्न तथा गरिब जनताका छोराछोरीलाई अध्ययनका लागि सहज हुने बताए । भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयको स्तरबृद्धिका लागि अघि सारेको योजनामा खुसी व्यक्त गरेका छन ।

ताजा समाचार