कञ्चनपुर
जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्धामा ०६५चैत्र २४ गतेदेखी फरार रहेका र पुनराबेदन अदालत महेन्द्रनगरको ०७० फागुन ६ गतेको फैसलाले रु ४लाख ५० हजार जरीवाना र १ महीना १५ दिन कैद सजाय तोकिएका जिल्ला कञ्चनपुर बेल्डाडी गा.पा. ३ का बिरे बिष्टलाई आफ्नै घरमा लुकि छिपी बसेको अबस्थामा पक्राउ गरी अदालतमा पेश गरेको छ ।

४ लाख ५० हजार वाफत थप ४ बर्ष कैद भुक्तानको लागी कारागार चलान गरीएको सूचना अधिकारी, कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

