दोधारा

महाकाली आयुर्वेद औषधालय कञ्चनपुरले माहाकाली नगरपालिकामा कोरोना सक्रिय संक्रमित, संक्रमण निको भएका वा संक्रमणको जोखिममा रहेका ब्यक्तीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी बितरण गरेको छ् । आज माहाकाली नगरपालिका कार्यालयले तोकेको आइसोलेशन र होम आइसोलेशनमा रहेकाहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी बितरण गरेको माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले जनाएका छन् । कोरोना भाईरस ब्यवस्थापन कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पीक चिकित्सक बिभागबाट जारी ‘कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी मार्गदर्शन’ अनुसार आइसोलेशन तथा क्वारेन्टाईनमा रहेका कोरोना भाइरस का अलाक्षणिक सक्रिय संक्रमित, संक्रमण निको भएका वा संक्रमणको जोखिममा रहेका ब्यक्तीहरुलाई रोग प्रतिधात्मक क्षमता बढाउने आयुर्वेद औषधी बितरण गरिएको महाकाली आयुर्वेद औषधालय कञ्चनपुरका डाक्टर ओंम प्रकाश कलौनीले बताएका छन् ।

सक्रिय संक्रमित भएका १५ जनालाई आजै उनिहरु रहेका स्थानमा औषधी बितरण गरिएको महाकाली आयुर्वेद औषधालय कञ्चनपुरका डाक्टर ओंम प्रकाश कलौनीले बताएका छन् । संक्रमित देखिएका तथा निको भएकाहरुलाई समेत औषधी बितरण गर्ने कार्यक्रम मिलाईएको बताईएको छ् । माहाकाली नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराका अनुसार दोधारा चाँदनी क्षेत्रमा अझै सम्म १ सय जनामा कोरोना संक्रमण देखा परेको छ् । सक्रिय संक्रमित, संक्रमण निको भएका वा संक्रमणको जोखिममा रहेका ब्यक्तीहरुलाई शक्ती प्राश, अश्वगन्धा चुर्ण, गुडुची चुर्ण र त्रिकटु चुर्ण आयुर्वेद औषधी बितरण गरिएको महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरले जनाएको छ् । मधुमेह र अम्लपित्त रोगीहरुलाई भने उक्त औषधी नखान भनिएको छ् ।

माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले माहाकाली नगरपालिकाको समुदाय स्तरमा कोरोना संक्रमण देखा परिसकेको बताउदै सबैले साबधानी अपनाउन जरुरी भएको बताएका छन् । महाकाली आयुर्वेद औषधालय कञ्चनपुरले कोरोना सक्रिय संक्रमित, संक्रमण निको भएका वा संक्रमणको जोखिममा रहेका ब्यक्तीहरुलाई संक्रमणबाट बच्ने उपाय र आयुर्वेद औषधी बितरण कार्य गरेकोमा खुशी जनाउदै महाकाली आयुर्वेद औषधालयले आगामी दिनहरमा पनि माहाकाली नगरपालिकालाई सघाउने माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी आशा जताएका छन् ।दोधारा चाँदनीमा ३३ वर्षिय महिला तथा ६६ र २५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखा परेको छ् ।
