हेल्प नेपालको छाडा चौपायाको आहारको लागि एक कप चिया कार्यक्रम


कञ्चनपुर

पुस पन्ध्र २०७७ को शुभकामना दिदै हेल्प नेपालले छाडा चौपाया तथा सडक कुकुरको आहार तथा घाइतेहरुको उपचारका लागि एक कप चिया कार्यक्रमको आयोजना गरेका छ । भीमदत्तनगरपालिका स्थित मदन चौकमा आउने जाने यात्रु तथा स्थानियलाई निःशुल्क चिया पियाएर उनीहरुले आफनो इच्छा अनुसार दिएको रकम संकलन गरेको हो ।

जुन रकम छाडा चौपाया तथा असाय अपाङ्गता दलित आदिवासी स्कूल जान नपाएका अनाथ बालबालिका शिक्षा बाट वञ्चित भएका विद्यार्थी भाई बैनीहरुको लागि उच्च शिक्षा हासिल गर्नको लागि खर्च गरिने हेल्प नेपालका अध्यक्ष मदन चन्दले बताउनु भयो ।

सयौ हजारौंको संख्या मा गाई ,कुकुर लगायत अन्य थुप्रै जनावर हरुको उदारको लागि विगत लामो समयदेखि निरन्तर रुपमा लागिरहेको हेल्प नेपाल का अध्यक्ष चन्द लागू औषध रोगथाम अभियान नेपालका सुदूपश्चिमाञ्चल संयोजक पनि हुन ।


ताजा समाचार

spot_img