वाफर नेपाल पानी प्रोजेक्टको सरोकारवाला सँग छलफल तथा अनुगमन समिती

कञ्चनपुर

बल्चौर वन तथा बातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना र नेपाल पानी परियोजनाको आर्थिक सहयोगमा भीमदत्तनगरपालिकाका उप – प्रमुख शुशिला चन्द सिहको अध्यक्षतामा छलफल तथा अनुगमन समिती गठन भएको छ ।

उक्त कार्यक्रममा वाफर नेपाल पानी प्रोजेक्टका अध्यक्ष उजीर सिह सुनारले ‘ढुङ्गा, बालुवा र गिट्टी अवैध रुपमा उत्खनन हुने गर्दछन जसको लागि अनुगमन गरी अवैध रुपमा उत्खनन हुने महाकाली नदी र चुरे भेगको बचावट गर्नु जरुरी रहेको बताउनु भयो । तस्कारहरु ढुङ्गा, बालुवा र गिट्ट अवैध रुपमा ओसार पसार गरी सरकारलाई कर छल्ने गर्दछन भने चोरी छिपी गर्ने हुनाले उनीहरुले नेपाल सरकारले तोकेको वा दिएको अनुमति अनुसार काम नगरी जथाभावी उत्खनन् गर्ने हुनाले बेलैमा यसको रोकथाम गर्न सबै सरोकारवालाले अनुगमन तथा उनीहरुलाई कानुनी दायरामा ल्याउन जरुरी भएको बताउनु भयो ।

बुधाबार भएको छलफलमा भीमदत्त नगरपालिका सुदूरपश्चिम प्रदेश नदी जन्य पदार्थ व्यवस्थापनको लागि २०७५को कार्यविधि लाई आधार मानि नगर स्तरिय अनुगमन समिती जुन पहिले गठन भएको थियो ।उक्त समितिलाई नै निरन्तर दिने निर्णय गरको छ भने आवश्यक परेमा सम्बन्धित निकायलाई आमन्त्रित गर्ने निर्णय गरेको छ ।

बु्धबार भउको उक्त छलफललाइ वाफर नेपालको कार्यक्रम संयोजक ममत्ता रावलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने  कार्यक्रममा भीनपा–११ र १२ का वडा अध्यक्ष लगायत सरोकारवालको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार