राणादेखि काँग्रेसले नगरेका राष्ट्रघाती काम ओलीले गर्दै : नेकपा नेता रावल

कञ्चनपुर
नेकपा कम्यूनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य डा. भीम रावलले राणा, पञ्चायत, काँग्रेसले नगरेको राष्ट्रघाती काम र सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको आरोप लगाउनुभएको छ । मंगलबार नेकपा कञ्चनपुर(प्रचण्ड, नेपाल) पक्षधरले महेन्द्रनगरमा आयोजना गरेको बिरोध सभा कार्यक्रममा सम्बोधन गर्दै रावलले नेपालको हित विपरित राणा, पञ्चायत, काँग्रेसले नगरेको राष्ट्रघाती काम र सम्झौता प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाएका हुन । नेता रावलले प्रधानमन्त्री ओलीले जननिर्वाचित संसद विघटन गरेर जनताको सपना निर्मतापुर्वक कुल्चिएको बताए ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका रावलले ओलीले संविधान कुल्चिदै राष्ट्र, जनतामाथि घात गरेको टिप्पणी गरेका छन ।
रावलले प्रधानमन्त्रीको कदम राष्ट्रघाती, जनबिरोधी, संविधानको मर्म भावना विपरित, पार्टी एकता बिपरित भएको समेत टिप्पणी गरेका छन ।

प्रधानमन्त्री ओलीको कदमले लोकतन्त्र धरापमा पार्ने भएकाले लोकतन्त्रको रक्षाका गाँउ गाँउबाट प्रतिगमनको बिरोध गर्न आब्हान गर्नुभयो । ‘संविधानको धारा ७६ र ८५मा प्रधानमन्त्रीलाई जन निर्वाचित संसद विघटन गर्ने कुन अधिकार छ ?, रावलले प्रशन गर्दै भन्नुभयो, ‘सबै सम्भावना हुँदाहुदै ओलीले संविधानको आवशान गर्नुभयो ।’ प्रधानमन्त्री ओलीले गुटको स्वार्थबाट प्रेरित भएर गैर सम्बैधानिक कदम चाल्नुपर्ने अवस्था सृजना भएको रावलको भनाई छ । ‘पुष ५ गते नेपाली जनताको अधिकारमाथि कुल्चिएको दिन हो, ‘रावलले भने, ‘संविधानको रक्षा गर्ने नेकपाको संकल्प एकता थियो, त्यो टुट्यो ।’ प्रधानमन्त्री ओलीको गलत कामको बिरोध मात्रै गरेको बताउदै रावलले प्रधानमन्त्रीले भनेको पार्टीबाट काम गर्न नदिएको अभिव्यक्तिमा नेता रावलले हो, ‘गैर सम्वैधानिक र राष्ट्रघाती एमसीसी, कुटनीतिक मार्यादा विपरितका काम रोकेकै हौँ, तर सम्बृद्धि र विकासका काममा कुनै असहयोग गरेका छैनौँ ।’ सत्ता र स्वार्थकोगुट उपगुटमा डुबेर प्रधानमन्त्रीले संसद विघटन गरेको बताउदै ओलीले सर्वोच्चले फैसला गर्ने बताउदै नभए लोकतन्त्र रक्षाका लागि जनआन्दोलनको विकल्प नभएको बताए ।

रावलले संसद शुचारुका लागि आफु सहितका ८३ जना प्रतिनिधी सभा सदस्यको हस्ताक्षर लगेर राष्ट्रपति कार्यालयमा पुगेर समावेदन दर्ता नगरेको बताउदै संसद विघटन गर्ने मनसायले राष्ट्रपति कार्यालयले दर्ता नगरिदिएको दुखेसो पोखे ।रावलले प्रधानमन्त्रीमाथि नवदारवादी केपी ओलीको अवतार भएको आरोप समेत लगाएका छन । नेकपा बहुमत सदस्य प्रचण्ड नेपाल पक्षमा रहेको बताउदै रावलले निर्वाचन आयोगले समेत न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो ।नेता रावलले प्रधानमन्त्रीलाई झुट बोल्ने मान्छे भन्दै उखान टुक्काले काम नगर्ने बताए । प्रधानमन्त्रीलाई प्रशन गर्दै रावलले हामीहरुले तपाई के काम गर्न दिएन, भन्दै प्रशन समेत गरेका छन । लाज पचाएका गुलियो चाट्नका लागि पुर्व माओवादीबाट केही मान्छे मन्त्री बन्न गएको टिप्पणी गर्नुभयो । ओली र प्रचण्डविच अढाई अढाई बर्ष सत्ताको नेतृत्व सहमती भएपनि ओलीले त्यो लगायतका अन्य धेरै सहमती कार्यान्वयन नगरेको बताए ।

नेकपा सुदूरपश्चिम इन्चार्ज समेत रहेका ओलीले सुदूरबाट चार चार मन्त्री बनाएर गुट खडा गरेर मान्छे किन्ने काम गरेको समेत दावि गरेका छन । बिरोध सभामा पुर्व संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, देविलाल चौधरी, नेकपा नेता ईश्वरी प्रशाद खरेल, सानुमाया बुढथापा, हरक सिह धामी, देवेन्द्र ढुङ्गाना, प्रदेश सभा सदस्य प्रकाश रावल, लाल बहादुर खडका मान बहादुर सुनार, बेदकोट नगरका मेयर अशोक कुमार चन्द लगायतका नेकपा नेताहरुले समेत प्रधानमन्त्री कदमले लोकतन्त्र धरापमा परेकाले संघर्षको विकल्प नभएको बताउदै संसद पूर्नस्थापना गरेर कमिकमजोरी सच्चाउदै जनताको जनमतको कदर गर्नुपर्नेमा जोडदिए ।

जिल्लाका विभिन्न वडा, पालिकाबाट आएका नेकपा (प्रचण्ड, नेपाल) पक्षधरका नेता कार्यकर्ता एव शुभचिन्तकले खुलामञ्चबाट ¥याली निकाल्दै बजार परिक्रममा गर्दै प्रधानमन्त्री ओली बिरुद्ध नाराबाजी गरेका थिए । हजारौँको संख्यामा सहभागि भएका ओलीप्रचण्ड पक्षधर नेता, कार्यकर्ताले पाँच बर्षका लागि जनताले दिएको जनमतको अपमान भएको टिप्पणी गरेका छन ।

ताजा समाचार