भ्रष्टाचारमा चुलुम्म डुबेको ओली सरकारले संविधान कु गरे काँग्रेस नेता विष्ट

प्रतिनिधी सभा विघटन बिरुद्ध काँग्रेस कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा एक साथ संसद विघटन बिरुद्धमा बिरोध सभा गरेको छ । काँग्रेस केन्द्रीय समितिको निर्णय अनुरुप सोमबार कञ्चनपुरका तीनै संघीय निर्वाचन क्षेत्रमा काँग्रेसले बिरोध सभा गरेको हो । निर्वाचन क्षेत्र नम्बर १ बेलौरी, २ झलारी र ३ महेन्द्रनगरमा बिरोध सभा गरेको हो ।

निर्वाचन क्षेत्र नम्बर १को बेलौरीमा बिरोध सभा सम्बोधन गर्दैै काँग्रेस युवा नेता हरेन्द्र विष्टले भ्रष्टाचारमा चुलुम्म डुबेको ओली नेतृत्वको सरकारले सविधानमा नभएको विषयलाई दुरुपयोग गर्दै संसद भङ गैर लोकतान्त्रिक भएको टिप्पणी गरे । भ्रष्टाचारमा चुलुम्म डुबेको ओली सरकारले संविधान कु गरे नेता विष्टले सरकारी बालुवाटारको जमिन लुटिखानेदेखि गोबर्ण रिर्पोट, ओम्नी, मेलम्ची, वाईडबडी प्रकरणमा मुचिएकाहरु सरकार चलाईरहेको बताउदै उनले आदालतको निर्णय पर्खिने निर्धारित समयमै चुनाव नभए काँग्रेसले सडकबाटै संसद ब्यूताउने बताए ।

ताजा समाचार