ओलीको असम्वैधानिक कदम बिरुद्ध जसपा मात्र होईन लाखौँ जनता सडकमा आँउछन ः जसपा नेतृ नेगी

धनगढी

संसद विघटन बिरुद्ध जनता समाजवादी पार्टीले आइतबार सुदूरपश्चिम प्रदेशको कैलाली सहित काठमाण्ठौँमा बृहद बिरोध कार्यक्रम गरेको छ । जननिर्वाचित संसदलाई प्रधानमन्त्री ओली पार्टी झगडाको विषय अघि सारेर संसद नै भङ गरिदिएकोप्रति जनता समाजवादी पार्टी आन्दोलनमा उत्रिएको हो ।

धनगढी काठमाण्डौँ सहित विभिन्न स्थानमा बिरोध कार्यक्रममा जसपा नेताहरुले ओलीको गैर लोकतान्त्रिक, सन्काहट एव पदलोपोन्मुख हिसाबले संसद भङ गरेर देशमा अस्थिरता मच्चाएको भन्दै जसपा नेताहरुले संसद पूर्नस्थापनाको माग अघि सारेका छन । जसपा सुदूरपश्चिमकी नेतृ माया नेगीले ओलीको असम्वैधानिक कदम बिरुद्ध जसपा मात्र होईन लाखौँ जनता सडकमा आँउने बताउँछिन । धनगढीमा समेत हजारौँ नेता कार्यकर्ताहरुले ओलीले बिरोध गरेका थिए ।

ताजा समाचार