कञ्चनपुर

सरकारद्वारा प्रतिबन्धीत तथा बिद्रोही नेकपा विप्लव कञ्चनपुरले प्रधानमन्त्री ओलीले आफुलाई परेको संकट टार्नका लागि संसद भङ गरेको टिप्पणी गरेको छ । प्रधानमन्त्रीको ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ गरेको घोषणा गरेको सातापछि विप्लव कञ्चनपुरको शनिबार विज्ञप्ती जारी गर्दै ओलीले आफ्नो पद जोगाउनका लागि संसद भङग गरेको टिप्पणी गरेको हो ।

ससद भङसंग नेकपा चिराचिरामा परिणत भएको जनाउँदै विप्लवले ससदीय व्यवस्था असफल भईरहेको ठोकुवा गरेको छ । विप्लवले कुनैपनि गुटमा नलाग्न आग्रह गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एक ठाँउमा गोलबन्द हुनु अहिलेको आवश्यकता भएको ठहर गरेकोछ । नेकपा कञ्चनपुरका सचिव रवि र इन्चाज सहदेवद्वारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको विज्ञप्तीमा वैज्ञानिक समाजवादी व्यवस्थापका लागि नयाँ आधार ऐतिहासिक सम्वाद, सहकार्य एव मोर्चाबन्दीमा जुटन र क्रान्तिकारी समाज रुपान्तरणका लागि सबै बामपन्थीलाई आग्रह गरिएको छ ।

