दोधारा

माहाकाली नगरपालिकाको एक बिद्यालयमा आगलागी हुदा रु. ५ लाख बरारबर धनमालको क्षती भएको छ् । माहाकाली नगरपालिका वडा नं. १ स्थित रहेको महाकाली आदर्श माध्यमिक बिद्यालयको स्टोर कोठामा आगलागी हुदा झण्डै रु. ५ लाख बराबरको क्षती भएको प्रहरीले बताएको छ् ।

आज अपरान्हमा अचानक बिद्यालयको स्टोर कोठामा आगोलागी भएपछि स्थानिय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र माहाकाली नगरपालिकाको बरुणयन्त्रले आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जनाएका छन् । कोरोना संक्रमणको कारण बन्द रहेको बिद्यालयमा आगलागी भएको हो । स्टोर कोठामा रहेको फर्निचर लगाएत समान जलेर नष्ट भएको बिद्यालयले जनाएको छ् ।

आगो कसरी लाग्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताएका छन् ।
