बफर नेपाल पानी प्रोजेक्टको समन्वयात्मक छलफल सम्पन्न

कञ्चनपुर
बल्चौर वन तथा बातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना र नेपाल पानी परियोजनाको आर्थिक सहयोग भीनपा –१२ को वडा कार्यालयमा समन्वयात्मक छलफल भएको छ । १२ का वडा अध्यक्ष कृष्ण सिह देउवाको अध्यक्षतामा भएको कार्यक्रममा बफर नेपाल पानी प्रोजेक्टको तर्फबाट शारदा जोशीले कार्यक्रम सञ्चालन गर्नुको साथै महाकाली नदीको सरसफाई सम्बन्धी जानकारी दिनु भएको थियो ।

शनिबार भएको छलफलमा समुदाय नदीजन्य पदार्थ उत्खन्न व्यवस्थापनका लागि महाकाली नदीका छेउमा रहेका वडाहरु सँग समन्वय गरी अघि बढनु पर्ने, सामुदाय स्तरमा प्रारम्भिक वातावरणीय परिक्षण (आइएफइ)को बारेमा सचेतना मुलक कार्यक्रम गर्नु पर्ने, रामघाट माछा संरक्षण समुहलाई निरन्तर परिचालन गर्नु पर्ने जस्ता विषयमा छलफल भएको थियो ।
आगामी दिनमा कसरी यसको संरक्षण र सफाई गर्ने भर्ने विषयमा छलफल भएको थियो । आफ्नो वडाको तर्फबाट पुर्ण सहयोग गर्ने अध्यक्ष देउवाले बताउनु भयो । उक्त कार्यक्रममा भीनपा–१२ का वडा अध्यक्ष लगायत वडाका सदस्य, स्थानिय क्लब युवा, लगायत सरोकारवालको उपस्थिती रहेको थियो ।

ताजा समाचार