अज्ञात समुहद्वारा दोधाराचाँदनीको एक सामुदायिक विद्यालयमा आगजनी

कञ्चनपुर

शनिबार सार्वजनिक विदाका दिन अज्ञात समुहले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिको एक सामुदायिक विद्यालयमा आगजनी गरेकोछ । शनिबार विद्यालय संचालन नभएको मौका छोपी अज्ञात समुहले दिउँसै दोधाराचाँदनी नगरपालिका १ चाँदनीको महाकाली आर्दश माविमा आगजनी गरेको हो । विद्यालयमा आगजनीबाट भौतिक संरचनाका क्षति पुगेकोछ । भित्र रहेको फर्निचर र भवनमा क्षति पुगेकोछ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका दोधाराचाँदनी नगरपालिका १का वडाध्यक्ष अर्जुन दत्त भट्टले विद्यालयको गोदामघरमा रहेका सबै नयाँ पुरान फर्निचर एव समाग्री जलेर नष्ट भएको बताए । अध्यक्ष भट्टले स्थानीय, सुरक्षा निकाय जनप्रतिनिधी लगायतले दमकलबाट आगो निभाएर थप क्षतिबाट जोगाएको बताए । नेकपा महाकाली इन्चार्ज भरत दत्त भट्टले विद्यालय जस्तो पवित्र संस्थामा आगजनी गर्ने समाज बिरोध समुह भएकाले आगजनी जस्तो गम्भिर अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी दायरमा ल्याउनुपर्ने बताए ।

‘विद्यालय एक अज्ञातबाट ज्ञानको ज्योति फैलाउने संस्था हो, ‘उनले भने, ‘विद्यालयमा आगजनी गर्ने समुह समाज, जनता र देश बिरोधी भएकाले कार्बाहीको विकल्प छैन ।’ नेकपा नगर इन्चार्ज भट्ट सहितका स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्नेमा जोडदिएका छन । इलाका प्रहरी कार्यालय दोधाराले घटनाको छानबिन हुने जनाएकोछ । इप्रका दोधाराका लाल बहादुर बमले घटनाको अनुसन्धान गरिने बताए । ‘अनुसन्धान जारी गछौँ, ‘उनले भने, ‘सस्कापद व्यक्तिमाथि छानबिन गरेर दोषिलाई पत्ता लगाउँछौँ ।’

ताजा समाचार