कञ्चनपुर

जनता समाजवादी पार्टी कञ्चनपुरले महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । प्रतिनिधी सभा विघटन बिरुद्धमा जसपा केन्द्रीय समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अनुरुप जिल्लामा समेत प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको जसपाका नेताहरुले बताएका छन । जनता समाजवादी कञ्चनपुरकी नेतृ माया नेगीले जनताले दिएको अभिमतको अपहरण गरेर संसद विघटन गरेर प्रधानमन्त्री र राष्ट्रपति गणतन्त्रका राजा बन्न खोजेकाले पुत्ला दहन गरेको बताए ।

पहिलो पटक पुत्ला दहन प्रयास प्रहरीले असफल बनाएपनि दोस्रो पटक बजारमै पुत्ला दहन गरेको बताए । ‘हामीले केन्द्रीय कार्यक्रम अनुरुप शुरुमै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले पुत्ला खोसेर लग्यो, ‘उनले भनिन, ‘दोस्रो पटक सफल भए ।’ जनता समाजवादी कञ्चनपुरका युवा नेता लोकराज भट्टले असम्वैधानिक कदम बिरुद्ध देशव्यापी आन्दोलन चकाउने बताउँदै संसद पूर्नस्थापनामा जोडदिए ।

पुत्ला दहनपछि कोण सभा सम्बोधन गर्दै जसपा कञ्चनपुरका नेता तथा प्रवक्ता अम्बादत्त तिवारीले ओलीले अघि सारेको कदमबाट देश र जनताको भलो नहुने बताएका छन । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान बिरुद्ध गएकाले प्रतिनिधी सभा पूर्नस्थापनको विकल्प नभएको बताउदै जसपाले असम्वैधानिक कदम बिरुद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।
