एक बर्षमा साढे आठ किलोमिटर तटबन्ध

एक सय ६० हेक्टर जमिन पूर्नरुत्पादन हजार घरधुरी संरक्षित

कञ्चनपुर
कञ्चनपुरमा एक बर्षको अवधिमा साढे आठ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मार्फत गत आर्थिक बर्षमा साढे आठ किलोमिटर तटबन्ध निर्माण गरिएको हो । गत आर्थिक बर्ष २०७६÷०७७ मा मात्रै जिल्लाका दर्जनौँ नदी तथा खोला नालाहरुमा तारजालीको तटबन्ध निर्माण गरिएको थियो । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख महादेव विष्टले मुख्य चार नदी सहित दर्जनौँ नदीखोला नालामा तटबन्ध निर्माण गरिएको बताए । कार्यालय प्रमुख विष्टका अनुसार चौधर नदी २.३, जोगबुढा नदी २.३, बनहरा ०.७ र सुनबरा ३.५० किलोमिटर तटबन्ध निर्माण गरिएको छ । यसका साथै जिल्लाका अन्य खोला नालाहरुमा ३किलोमिटर तटबन्ध समेत निर्माण गरिएको छ । एक बर्षमा निर्माण गरिएको तटबन्धबाट १सय ६०हेक्टर जमिन पुर्नरुत्पादन र एक हजार घरदुरी संरक्षित भएका छन ।

‘तटबन्ध निर्माणपछि जनताको खेर गईरहेको जमिन सदुपयोग भएको छ, ‘कार्यालय प्रमुख विष्टले भने, ‘बस्ती र उर्बरा भूमि संरक्षण भएको छ ।’ चौधर नदीको बेदकोट नगरपालिका ७चुरेपानी मुसेपानी क्षेत्रबाट दक्षिण शुक्लाफाँटा निकुञ्जसम्म विभिन्न स्थानमा तटबन्ध निर्माण गरिएको छ । चौधर नदीबाट ४ सय, जोगबुढा नदीबाट २ सय, बनहरा, सुनबरा एक सय र खाना खोलानालाबाट ३ सय परिवारको घरखेत सुरक्षित भएका छन । तटबन्ध निर्माणबाट उर्बराभूमि र घरखेत संरक्षित भएको स्थानीयले बताएका छन । बेदकोट नगरपालिका ७ मुसेपानीका स्थानीय पदम सुनारले तटबन्ध निर्माणसंगै नदी किनारमा अनुत्पादक रहेको खेत पुर्नरुत्पादन भएको र घरखेत सुरक्षित रहेको बताए । ‘तटबन्धले घरखेत जोगिएको छ, ‘उनले भने, ‘तटबन्ध निर्माणबाट स्थानीय लाभान्वित भएका छन ।’ चालु आर्थिक बर्ष २०७७÷०७८ मा २५ नदि कटानी नियन्त्रणका योजना रहेको बताए । यसका साथै कार्यालयले गत आर्थिक बर्षमै सिँचाईका योजना समेत निर्माण गरेको छ । २.५०किलोमिटर पक्की र ५ किलोमिटर कच्ची नाला निर्माण गरिएको बताए ।

पुर्व, पश्चिम रौटेला, अमरजाही, ब्रम्हदेब, धारापानी, क्षेत्रमा सिँचाई निर्माणसंगै ७सय ६०हेक्टर जमिन सिँञ्चित भएको छ । ‘तटबन्धका साथै हामीले सिँचाईको काम समेत अघि बढाएका छौँ, ‘कार्यालय प्रमुख विष्टले भने, ‘नदी नियन्त्रणबाट उर्बराभूमि संरक्षित भएको छ ।’ स्थानीय जनताबाट नदीतथा खोलाको शिरानी र पुछारसम्मै तटबन्धका लागि माग आएको बताउदै कार्यालय प्रमुख विष्टले त्यसका लागि पंर्याप्त बजेट नहुने बताए । कार्यालयले चौधर, बनहरा र कन्कट्टी तीन नदीको डिपिआर समेत निर्माण गरिरहेको बताए । ‘यस बर्ष हामी तीन नदीको कटानी नियन्त्रणका लागि डिपिआर गरिरहेका छौँ, ‘उनले भने, ‘बाँकीको पनि गरेर कञ्चनपुरलाई कटानीबाट उर्बराभूमि जोगाउँदै उत्पादनमा बृद्धि गछौँ ।’

ताजा समाचार