कञ्चनपुर–डडेल्धुरा जोड्ने छोटो दुरीको सडक विस्तार हुँदै

कञ्चनपुर
कञ्चनपुर–डडेल्धुरा जोड्ने छोटो दुरीको सडक विस्तार भईरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला जोड्ने छोटो दुरीको सडक विस्तार गर्न लागेको हो । कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीदेखि उत्तर डडेल्धुराको परशुराम नगरपालिका गैरिखान भित्रिमधेश जोड्ने सडक विस्तारको काम तिव्र गतिमा भईरहेको छ । चालु आर्थिक बर्ष २०७७/०७८ मा पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत उक्त सडक विस्तार भईरहेको हो । चुनेपानी क्षेत्रबाट गैरिखानसम्म जोडिने उक्त सडकको ट्याक खोल्ने, पर्खाल लगाउने, ह्युमपाईप र ढल निकासको काम भईरहेको छ । ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्नेमा काम निर्माण कम्पनी वाईआर उच्चकोटी जेभीले चार महिनामै निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । ६ किलोमिटर सडक ट्याक खोल्ने सहित पानीविच, दायाँबाया पर्खाल ढल निकास र ह्युमपाईप राख्ने कामको गत साउनमा निर्माण कम्पनी वाईआर उच्चकोटी जेभी र पूर्वाधार विकास कार्यालयविच सम्झौता भएको थियो । निर्माण कम्पनीले सम्झौता अवागै काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने योजनाका साथ अघि बढेको छ । करिब २ सय मजदुर दैनिक लगाएर काम गरिरहेको छ ।


सडक बन्न थालेपछि स्थानीय हर्षित भएका छन । कुनै बेला उक्त सडक गोरोटो बाटो जस्तै थियो, तैपनि मलास क्षेत्रका स्थानीय कसका विच सडकका आउने, मलास क्षेत्रका स्थानीयलाई शिक्षा, स्वास्थ्य, बजार आउजाउ गर्नका लागि जिल्ला सदरमुकाम अमरगढी भन्दा कञ्चनपुर सदरमुकाम महेन्द्रनगर नजिक पर्छ । मलासदेखि महेन्द्रनगर करिब २५÷३० किलोमिटर भएपनि जिल्ला सदरमुकाम झण्डै तेम्बर दुरीमा रहेका छन ।भित्रिमधेश क्षेत्रका स्थानीयका लागि महेन्द्रनगर बजार नै नजिक भएकाले उनीहरुका लागि सहज हुने सोही सडक हुनेछ । पशुराम नगरपालिका ७ लामिगडाकी स्थानीय गोमादेवी बोहराले विगत भन्दा निकै स्तरिय सडक विस्तार भएको बताईन । ‘पहिलो यो सडक गोरोटो जस्तै थियो, हिडन पनि डर लाग्यो, कहिलेकाही राती जंगलमा पुगे विच जंगलमै रात काट्नुपथ्यौँ, ‘उनले भनिन, ‘अहिले सडक विस्तारभएसंगै हामीलाई धेरै सुविधा भएको छ ।’ सडक विस्तारसंगै यातायातका सवारी साधन समेत संचालनमा आउने भएपछि आफुृहरुलाई आवतजावतका साथै व्यवसायिक कामकाजका लागि सुविधा हुनेछ । ‘म यो सडकका ४० बर्षदेखि हिड्दै छु, ‘उनले भनिन, ‘यतिराम्रो बन्ना भनेर कल्पना समेत गरेकी थिईन, खुसी लाग्यो ।’


परशुराम नगरपालिका ७ लामिगाडाकै अर्का स्थानीय सुदिप भट्टले चुनेपानी गैरिखान सडक विस्तारसंगै भित्रिमधेश क्षेत्रका जनताको आर्थिक समाजिक रुपान्तरण हुने बताए । ‘भित्र मधेश क्षेत्रमा थुप्रै तरकारी तथा अन्नवाली उत्पादन हुन्छ, ‘उनले भने, ‘त्यसको बजारका लागि महेन्द्रनगर नै नजिकको बजार हो, सडक बनेसंगै हामीहरुले उत्पादन गरेका बस्तु बजारसम्म पु¥याउन सहज हुन्छ ।’ शिक्षक समेत रहेका स्थानीय देव बहादुर धामीले सडक निर्माणले शिक्षा, स्वास्थ्य लगायतका जनताको दैनिक जनजिविकासंग जोडिएका विषयमा लाभ हुने बताए । ‘भित्रि मधेशका विद्यार्थीलाई समेत शैक्षिक हब रहेको महेन्द्रनगरमा अध्ययनका लागि सहज हुन्छ, ‘उनले भने, ‘यस अघि घुमाृउरो बाटो भएर आउनुपथ्यो ।’ सडकसंगै शैक्षिक स्तरमा समेत बृद्धि हुने उनले बताए । बेदकोट नगरपालिका ७मुसेपानीका स्थानीय शेर बहादुर बमले समेत सडक विस्तारसंगै भित्रि मधेशको कृषि उत्पादनका बस्तु तथा सेवाले बजार पाउने बताए । ‘यो सडक परम्परागत सडक हो, ‘उनले भने, ‘यस अघि गोरेटो सडक हुँदा पनि मलास क्षेत्रका स्थानीयले टाउकोमा बोकेर कृषि उत्पादनका समान ल्याउथे, अब सडक विस्तारसंगै यातायातका सवारी साधनमा ल्याउनेछन ।’ स्थानीय एव राष्ट्रिय जनमोर्चा कञ्चनपुरका युवा नेता महेश राज जोशीले सडक विस्तारसंगै स्थानीयको समाजिक आर्थिक अवस्था सुधार हुने बताए । ‘सडक नहुँदा सुत्केरीलाई स्टेचरमा बोक्नुपर्ने कहालिलाग्दो अवस्था थियो, ‘उनले भने, ‘नुन किन्न पनि महेन्द्रनगर आउनुपर्ने बाध्यता थियो ।’ बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले दशक अघि यही सडकविस्तार गर्दा तत्तकालिन गणेश सामुदायिक वनका अध्यक्ष समेत रहेका कञ्चनपुरका विद्यार्थी नेता सिके भट्टले अख्तियारको मुद्दा खेप्नु परेको थियो । ‘०६७ सालतिर हामीले भित्रि मधेशलाई सिधै कञ्चनपुर जोड्ने प्रयास गरेका थियौँ, ‘विद्यार्थी नेता समेत रहेका तत्तकालिन गणेश सामुदायिक वनका अध्यक्ष भट्टले भने, ‘यतिबेला केही विकास बिरोधी समुहले हामीलाई काम गर्दा अख्तियार पु¥याएर, आज आएर सरकारले त्यही सडक सदर गरे, खुसी लागेको छ ।’ स्थानीयबाट दुरगामी काम भएको टिप्पणी भईरहेको बताउदै उदले ०५४ सालतिर तत्तकालिन जिल्ला विकास समिति कञ्चनपुरका सभापति ऋषी लुम्सालीकै पालादेखि सडक विस्तारको प्रयास भएको बताए ।

स्थानीय सरकार बेदकोट नगरपालिकाले सडक निर्माणको काममा बेला बेला अनुगमन एव निरीक्षण गरेका छन । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले सडक विस्तार अति आवश्यक रहेकोले सडक सुधारसंगै मलास क्षेत्रका स्थानीयलाई राजमार्गसंग जोडिने र उनीहरुको समाजिक, आर्थिक जिवनमा बृद्धि हुनुका साथै बेदकोट क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रको विकासमा टेवा पृग्ने बताए । निर्माण कम्पनी वाईआर उच्चकोटी जेभीका प्रबन्ध निर्देशक निरन्जन प्रशाद भट्टले निर्धारित समय भन्दा अवागै काम सम्पन्न गरिने बताए । उनले सडकको गुणस्तरिय एव काममा कुनै सम्झौता नहुने बताए । ‘गुणस्तर र काममा कुनै सम्झौता हुँदैन, ‘उनले भने, ‘सालका रुख छाडेर सर्प स्टाईलमा नाला निर्माण गरेका छौँ ।’ सडक निर्माणका लागि सबै क्षेत्रबाट सहयोग पाईएको बताउदै उनले स्थानीयको पीडा देखेर पनि सडक निर्माणका लागि दैनिक आफु नै खटिरहेको उनले बताए । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले बन्दाताल चुनेवानी सिद्धसरोबर सडक निर्माणको काम निर्माण कम्पनीबाट तिव्रस्तरमा भईरहको बताए । ईन्जिनियर समेत रहेका सूचना अधिकारी भट्टले ६किलोमिटर पानी पिच सहित दुवैतर्फ डेढडेढ मिटर छाडेर ५ मिटर सडक चौडाईहुनेछ । ‘यो सडक समयअवागै सम्पन्न हुने देखिन्छन, ‘उनले भने, ‘यसमा निर्माण कम्पनीबाट तिव्रत्तर रुपमा काम भईरहेको छ ।’ कम्पनी र कार्यालयबाट तर्फबाट दैनिक अनुगमन एव निरीक्षण भईरहेको बताउदै उनले सडक विस्तारसंगै भित्रि मधेश क्षेत्रका नागरिकलाई सुविधा हुने बताए ।

ताजा समाचार