कञ्चनपुर
कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका चार सय भन्दा बढि किसान व्यवसायिक तरकारी खेतीमा जुटेका छन । कोरोना कहरसंगै बेदकोट नगरपालिका क्षेत्रका ४ सय २० किसान व्यससायिक तरकारी खेतीमा जुटेका हुन । स्वीट नेपाल कञ्चनपुरले यूनडिपी र बेदकोट नगरपालिका संगको आर्थिक सहयोग र सहकार्यमा कोडिभ १९ प्रतिकृया र समाजिक आर्थिक पुर्नप्राप्ती परियोजना अन्र्तरगत संचालक गरेको कार्यक्रम मार्फत किसान व्यवसायिक तरकारी खेतीमा जुटेका हुन । कोडिभका कारण भारत लगायत तेस्रो मुलुकबाट रोजगारी गुमाएका, दलित अपाङ्ग महिला एव विपन्न समुदायका किसान व्यवसायिक कृषि व्यवसायीमा जुटेका छन । बेदकोट नगरपालिका ५ पोल्खरीका लिलाधर जोशी समेत व्यवसायिक कृषि खेतीमा जुटेका छन । उनी यस अघि भारतको गुडगाँउ मेडिकलमा काम गर्दै आएका थिए । ‘कोडिभका कारण स्वेश फर्किए, तरकारी खेतीमा जुटेको छु, ‘उनले भने, ‘अहिले ५ कट्टामा आलु मात्रै लगाएको छु ।’ तालिम, बिउबिजन एव प्राविधिक सहयोग पाएपछि तरकारी खेतीमा जुटेको बताए । ‘म अब भारत फर्किन्न स्वदेशमै काम गर्छु, ‘उनले भने, ‘आफ्नै खेती सजाउँछु ।’

जोशी जस्तै बेदकोट पोल्खरीकी खगेश्वरी पन्तले १५ कट्टामा व्यवसायिक आलु खेती गरेकी छिन । आलुसंगै पन्तले अन्य तरकारी खेती समेत गरेकी छिन । ‘तरकारी खेतीका लागि सहयोग पाईएको छ, ‘उनले भनिन, ‘व्यवसायिक रुपमा तरकारी खेती गर्दै जाँदा अहिले घर खर्च चलाईरहेकी छु ।’व्यवसायिक तरकारी खेतीमा महिलालाई उत्पेरित गराउनुपर्ने उनले बताईन । बेदकोट नगरपालिका ३ दैजीकी राजुदेवी डगौराले च्याउ खेती गरेकी छिन । उनले एक टर्गेलमा च्याउखेती गरेकी छिन । ‘म दैनिक १० देखि १५ किलो बेच्दै आएको छु, ‘उनले भनिन, ‘सहयोग पाईएपछि च्याउ खेतीमा जुटेकी हुँ ।’ स्वीट नेपाल कञ्चनपुरका जिल्ला संयोजक रमित सुनारले किसानलाई तालिम, उद्यमशिल एव तरकारी खेतीका लागि तालिम, बिउबिउन मल, उत्प्रेरणा एव प्राविधिक सहयोग गरिएको बताए । उनका अनुसार नगरका १० वटै वडामा पटेक क्षेत्र छुट्याएर तरकारी खेती गरिएको छ । १, २ आलु, ३,४ च्याउखेती, ५,६ खुर्सानी, ७, ८ लसुन र ९, १० प्याज खेतीसंगै अन्य खेती गरिएको छ । आलु, च्याउ, खुर्सानी, लुन र प्याजमा २सय किसान जुटेका छन । ८० बेमैसमी, २० पोलिहाउस टर्नेल, २० नर्सरी, १० पाठशाला, मागमा आधारितक पाउर लिटर १०, पशुपालन ८० जना जुटेका छन ।

स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले भारत लगायत विदेशबाट कोडिभका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका नेपाली सहित विपन्न समुदायको आर्थिक उर्पाजनका लागि कार्यक्तम संचालन गरिएको बताए । अध्यक्ष तिरुवाका अनुसार किसानको मागका आधारमा समेत तालिम संचालन गरेर उनीहरुलाई तरकारी एव पशुपालनका लागि आवश्यक समाग्री उपलब्ध गराएको बताए । आगामी दिनमा समेत दातृ एव स्थानीय तहसंग मिलेर आर्थिक उर्पाजनका कार्यक्रम संचालन गरिनेछन । बेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्दले कोरोना कारण रोजगारी गुमाएका नगरबासीका लागि कार्यक्रम प्रभावकारी भएको बताए । मेयर चन्दले आत्मनिर्भर बन्नका लागि स्वेदशमै विभिन्न उत्पादनका कार्यक्रममा किसानलाई थप प्रर्बद्धनात्मक कार्यक्रम संचालन गर्न नगरपालिकाका तर्फबाट सहयोग गर्ने बचन दिए । बुधबार बेदकोट नगरका प्रमुख चन्द, उप प्रमुख शुशिला सिह, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, वडाध्यक्ष राम सिह धामी, गणेश विक लगायत,स्वीट नेपालका पदाधिकारी, कर्मचारी तरकारी खेतीको अनुगमन गरेका थिए ।

