कञ्चनपुर

संसद विघटन अघि नै नेकपाका संसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार हटाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्ताव गर्दा गरेका छन् । नेकपाका ९० जना सांसदले आज आइतबार संसद् सचिवालयमा यस्तो प्रस्ताव दर्ता गरेको खुलेको छ । संसद् सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसँगै कार्यकारी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव दर्ता भएको हो ।

प्रस्तावमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहिरहँदा चुनौती र समस्याहरू अझै गम्भीर बन्दै जाने, संविधानमाथि प्रहार भइरहने र यसबाट जनता एवं देशले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । नेपालको संविधानको धारा १०० को उपधारा ४ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५३ बमोजिम केपी शर्मा ओलीमाथि सदनको विश्वास छैन भनी अविश्वास प्रस्ताव पेस गर्ने प्रयोजनका लागि संविधानको धारा ९३ को उपधारा ३ अनुसार तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन अनुरोध गर्दछौँ ।’

प्रस्तावमा थप भनिएको छ, ‘साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गरी नेपालको संविधानको धारा १०० को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदका लागि माननीय पुष्पकमल दाहाललाई प्रस्तावित गरेका छौँ ।’ प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको प्रस्ताव पारित भएको छ । यो संगै नेकपा, काँग्रेस लगायतका दलहरुले प्रधानमन्त्री ओली बिरुद्ध बिरोध प्रर्दशन गरिरहेका छन । देशभरी प्रम ओली राष्ट्रपति विद्यादेवि भण्डारी बिरुद्ध प्रर्दशन भईरहेको छ । सुदूरपश्चिम प्रदेशको धनगढी, पोखरा, काठमाण्डौँ सहित देशभरीका विभिन्न जिल्ला, शहर स्थानमा बिरोध प्रर्दशन भईरहेको.छ ।
