कृषक लाई पोलिहाउँस निर्माणका लागि भीमदत्तको सहयोग

कञ्चनपुर

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड्– १९ कोरोना भाइरसले विश्व नै त्रसित बनेको बेलामा कृषि व्यवसाय संगै उत्पादनमा जोड दिनका लागि कृषक लाई पोलिहाउँस निर्माणका लागि भीमदत्त नगरपालिका सहयोग गरेको छ।

भीमदत्त नगरपालिकाको युएनडिपिको साझेदारी र निड्स नेपाल कञ्चनपुरको सहजीकरणमा प्रतिकार्य तथा सामाजिक आर्थिक पुनःलाभ परियोजना अन्तर्गत पोलिहाउँस (टनेल घार) स्थापन गर्न र कृषि उत्पादनमा जोड दिनका भीमदत्त नगरपालिका विभिन्न वडाका ४० जना किसानलाई फलामको पाइप ,फलामको छड (१२ एमएम र ८ एमएम) ,टनेल घरको लागि प्लास्टिक, हिप (थोपा सिचाइ ), माटो उपचार गर्ने पेष्टिसाइड , काक्रा र करेलाको बिउ ,मल्चिङ प्लास्टिक समेत दिएको भीमदत्त नगरपालिकाकी समाजिक विकास अधिकृत गौमा अवस्थीले बताउनु भयो ।

ताजा समाचार