अछाम समाज कञ्चनपुर द्धारा क्रीकेट खेलाडी लाई सहयोग

कञ्चनपुर
निरन्तर सामाजिक सेवामा अग्रसर रहदै आएको अछाम समाज कञ्चनपुरद्धारा क्रीकेट खेलाडी सहयोग गरेको छ ।
महेन्द्रनगर आयोजना गरिएको प्रधानमन्त्री प्रदेश स्तरिय क्रीकेट प्रतियोगितामा भाग लिन कंचनपुर जिल्ला पुगेको अछाम जिल्लाको क्रीकेट टोलिलाई शुक्रबार महेन्द्रनगरमा हुने फाइनल खेलका लागि शुभकामना दिन तथा खेलाडीहरुको मनोबल बढाउन अछाम समाज कंचनपुरले समाजका अध्यक्ष गोबिन्द स्वारको अध्यक्षतामा र प्रदेश सभा सदस्य एव पुर्व राज्यमन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा उक्त संस्थाको कार्यालयमा खेलाडीलाई सम्मान गरेएको छ ।

उक्त सम्मान मा खेलाडीलाई प्रोत्साहन स्वरुप प्रदेश सभा सदस्य एवं पुर्व राज्यमन्त्रीले नगद ५ हजार र समाजको तर्फबाट बाट रु ५ हजार १ सय गरि जम्म १० हजार १ सय अछाम टीमका ब्याबस्थापक लाई प्रदान गरिएको समाजका उपाध्यक्ष उपेन्द्र कुवँरले बताएका छन् । उनका अनुसार खेलाडी लाई एक दिनका लागि खानाको समेत व्यवस्था गरिएको थियो । समाजका कार्यसमिति ,सल्लाहकार एव शुभचिन्तक को सहभागीता रहेकोे सो कार्यक्रममा स्वागत मनतब्य सल्लाहकार एव पुर्व सचीव महेन्द्र खड्का ले राख्नु भएको थियो भने समाजका सचीव रबिन्द्र सुनारले कार्यक्रम संचालन गरेका थिए ।

ताजा समाचार