लकडाउन ! दोधारा चाँदनी

दोधारा

‘समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि चुनौती थपिएकाले परिक्षणको दायारालाई फराकिलो बनाउने पर्ने, संक्रमित देखिएकाहरुलाई बिशेष निगरानी बढाई उपचारमा सघाउने बिषयमा समेत छलफल गरिएको थियो । तत्काल विद्यालय संचालन गरे कोभिड–१९ को संक्रमण झन् फैलिने उच्च जोखिम देखिने ठहर गरिएको छ् । माहाकाली नगरपालिकामा कोभिड–१९ को दोस्रो लहर आएको स्वास्थ्यकर्मीहरुको भनाई छ । उनीहरुले कोभिडको उच्च जोखिमका लागी खोपको व्यवस्था नभए सम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् । जाडो याममा कोभिड–१९ जोखिम बिच विद्यालय खोल्दा हरेक घर–घरमा संक्रमण पुगेर बूढापाका, दीर्घ रोगी लगाएतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् । माहाकाली नगरपालिका कोभिडको उच्च जोखिममा रहेको र संक्रमणको दोस्रो तरंग आउने सम्भावना समेत कायमै रहेको स्वास्थ्यकर्मीहरु बताउछन् ।’

एक साताको माहाकाली नगरपालिकामा लकडाउन जारी गरिएको छ् । माहाकाली नगरपालिकाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक र स्थानियहरुमा कोरोना भाईरस संक्रमण देखा परेपछि माहाकाली नगरपालिका कार्यालयले आज बिशेष बैठक डाकेको हो । माहाकाली नगरपालिका कार्यालयले आयोजना गरेका सर्वदलिय, सर्वपक्षिय बैठकले पुष ३ गते देखि एक साताको लागी माहाकाली नगरपालिका क्षेत्रमा लिकडाउन जारी गरेको छ् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको अध्यक्षतामा बसेको नगरकार्यपालिका तथा सर्वपक्षिय बैठकले माहाकाली नगरपालिका क्षेत्रमा कोरोना संक्रमण समुदाय स्तरमा बढ्दै गएको ठहर गर्दै माहाकालीबासी सचेत रहन आग्रह गर्दै एक साताको लागी माहाकाली नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरिएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

माहाकाली नगरपालिकाका सबै बिद्यालय बन्द गर्ने, नगरपालिका स्थित रहेको बैंकहरु बिहान १० बजे देखि १ बजे सम्म तोकिएको मापदण्ड पुरा गरि संचालन गर्ने, नेपाल बिद्युत प्राधिकरण फ्युज सेवा बिहान १० बजे देखि दिउसो १ बजे सम्म संचालन गर्ने, नगरपालिका स्थित किराना पसल, हार्डवयेर पसल, खाद्यान्न पसल, बिहान १० बजे देखि १ बजे सम्म संचालन गर्ने, दुध ढुवानी २४ सै घण्टा संचालन हुने, औषधी पसल २४ सै घण्टा संचालन हुने, नगरपालिका तथा वडा कार्यालयका अति आवश्यक सेवा भन्दा बाँकी सबै सेवाहरु बन्द हुने, अति आवश्यक भनि तोकिएका सेवा भन्दा बाँकी सवारी साधन बन्द हुने, भारतबाट आयात हुने माछा, मासु अण्डा लगाएतका सबै समानहरु ओहरदोहर बन्द पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

माहाकाली नगरपालिकाका वडा अध्यक्ष पुष्कर दत्त जोशी, अर्जुन दत्त जोशी लगाएत शिक्षक, स्वस्थ्यकर्मी र स्थानियहरुको पिसिआर जाँचमा कोरोना पोजिटिभ देखिएपछि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको ठहर गर्दै संक्रमण रोक्न माहाकाली नगरपालिका कार्यालयले बिशेष सर्वपक्षिय बैठक बसेको हो । माहाकाली नगर क्षेत्रको नेपाल–भारत सिमा क्षेत्रमा ब्यापक आवत जावत संगै मालसमान अबैधरुपमा आयात निर्यात भईरहेको कारण समेत संक्रमण बढेको राजनितिक दलहरुको ठहर छ् । माहाकाली नगरपालिकाको सिमावर्ती भारतिय बजार नगरा, खटिमा, मेलाघाट, कुतियाकवर लगाएत बजारहरुबाट आवात जावत र समान आयात निर्यात तत्काल रोक्न समेत छलफलको बिषय रहेको थियो ।

समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि चुनौती थपिएकाले परिक्षणको दायारालाई फराकिलो बनाउने पर्ने, संक्रमित देखिएकाहरुलाई बिशेष निगरानी बढाई उपचारमा सघाउने बिषयमा समेत छलफल गरिएको थियो । तत्काल विद्यालय संचालन गरे कोभिड–१९ को संक्रमण झन् फैलिने उच्च जोखिम देखिने ठहर गरिएको छ् । माहाकाली नगरपालिकामा कोभिड–१९ को दोस्रो लहर आएको स्वास्थ्यकर्मीहरुको भनाई छ’। उनीहरुले कोभिडको उच्च जोखिमका लागी खोपको व्यवस्था नभए सम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन्। जाडो याममा कोभिड–१९ जोखिम बिच विद्यालय खोल्दा हरेक घर–घरमा संक्रमण पुगेर बूढापाका, दीर्घ रोगी लगाएतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।

माहाकाली नगरपालिका कोभिडको उच्च जोखिममा रहेको र संक्रमणको दोस्रो तरंग आउने सम्भावना समेत कायमै रहेको स्वास्थ्यकर्मीहरु बताउछन् । लामो समय पछि गत २८ गतेबाट संचालनमा आएको बिद्यालय पुन ः बन्द हुने भएको हो । बैठकका निर्णय कार्यान्वयन गराउन सुरक्षा निकायलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ् । बैठकमा माहाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनार, उप मेयर चिनी ओझा गिरी, कायएपालिका सदस्य, नेपाली काग्रेंस माहाकालीका नगर सभापती डम्मर चन्द, नेकपा माहाकालीका नगर अध्यक्ष किशोर कुमार लिम्बु, भानु उच्च माध्यमिक बिद्यालयका प्रअ यज्ञराज पण्डित, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरी, सुरक्षा अधिकारीहरु लगाएतको उपस्थिती रहेको थियो ।

ताजा समाचार