कञ्चनपुर

माईती नेपालले सीमा क्षेत्रका किशोरीलाई यौन शोषण बिरुद्धको अभिमुखिकरण गराएको छ । माईती नेपाल कञ्चनपुरले मंगलबार महाकाली नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई यौन शोषण बिरुद्धको अभिमुखिकरण गराएको हो ।

महाकाली नगरपालिका ४ चाँदनीमा रहेको शारदा माविका किशोरी छात्रलाई बाल यौन शोषण बिरुद्ध अभिमुखिकरण गराएको छ । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले पछिल्लो दिनमा किशोरी छात्रमाथि यौनजन्य हिंसाका घटना घटिरहेकाले त्यसबाट सचेत हुन, बेचबिखनबाट जोगिनका लागि विद्यालयमै गएर किशोरीलाई अभिमुखिकरण गराएको बताए ।

कक्षा ८, ९ र १०मा अध्ययनरत छात्रा किशोरीलाई यौन शोषणबाट बाँच्ने उपायाबारे अभिमुखिकरण गराएसंगै किशोरीहरुले बालयौन शोषण र बेचबिखनबारे जाकारी पाएको बताएका थिए । शारदा माविका प्रअ कृष्ण बहादुर चन्दले माईती नेपालले सीमा क्षेत्रमा रहेका विद्यालय समुदायमा बेचबिखन रोकथाम एव बाल यौन शोषण बिरुद्धको अभिमुखिकरण कार्यक्रम अपरिहार्य रहेको बताएका थिए ।
सीमा क्षेत्रमा रहेको विद्यालयमा यस्ता कार्यक्रम अनिवार्य रहेको भन्दै प्रअ चन्दले आगामी दिनमा समेत समेत सचेतनामुलक कार्यक्रम संचालनमा जोडदिए । माईती नेपालले कोरोना कहरका बेला विपन्न नागरिकलाई खानादेखि, बेचबिखन रोकथाम र यौनजन्य हिन्सा रोकथामका लागि जिल्लामा संचालन गरिरहेको कार्यक्रम प्रभावकारी भएको सरोकारवालाको भनाई छ ।
