महेन्द्रनगर ,
विश्वव्यापी रुपमा फैलिएको “कोभिड- १९ “कोरोना भाइरसले थला परेका खेलकुद क्षेत्र लाई फुटबल विकासका लागि एपीएफको सम्झौता भएको केही दिनमै एक पछि अर्को विभागीय क्लब नेपाल पुलिस क्लबले युथ फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फासँग सहकार्य गरेर नेपाल पुलिसले युथ एकेडेमी सञ्चालन गर्ने विषयमा छलफल थालेको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल प्रहरीका एआईजी निरजबहादुर शाहीबीच युथ एकेडेमी सञ्चालन गर्ने विषयमा छलफल भएको छ । प्रहरीले पनि उमेर समूहमा फुटबल क्लब बनाउने लक्ष्य लिएको जनाइएको छ ।
छलफलमा एन्फा उपाध्यक्ष तथा ग्रासरुट कमिटीका संयोजक उपेन्द्रमान सिंह, एन्फाको युथ कमिटीका प्रमुख नविन महर्जन तथा एन्फा महिला फुटबल संयोजक हरि खड्काले एकेडेमीका विषयमा आ आफ्नो धारणा राखेका थिए ।

हालै मात्र अर्को विभागीय क्लब एपीएफल पनि युथ एकेडेमी सञ्चालन गर्ने विषयमा एन्फासँग सम्झौता गरिसकेको छ । एपीएफले सम्झौता गरेपछि पुलिसले पनि यो प्रक्रिया अघि बढाएको हो ।
