काँग्रेस नेता पौडेलले महेन्द्रनगर सभामा भने : ‘ओलीको पाराले गणतन्त्र धरापमा’

काँग्रेसको कञ्चनपुर सहित देशभरी प्रर्दशन

कञ्चनपुर
प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसले कञ्चनपुर सहित देशभरी बिरोध प्रर्दशन गरेको छ । सरकार बिरुद्ध सोमबार काँग्रेस कञ्चनपुरले समेत जिल्ला सदरमुकाम महेन्द्रनगरमा समेत ब्यानर, झण्डा सहित बिरोध प्रर्दशन गरेको छ । पार्टी कार्यालयबाट शुरु गरिएको बिरोध ¥याली बजार परिक्रममा गरेर महेन्द्र स्मारकममा कोण सभामा पुगेर समापन गरिएको थियो । कोण सभामा बोल्ने काँग्रेस कञ्चनपुरका स्थानीय नेताहरुले ओली नेतृत्वको कम्यूनिष्ट सरकार सर्वसत्तावाद तर्फ उन्मुख गएको आरोप लगाएका छन । काँग्रेस कञ्चनपुरका युवा नेता गोपाल गुरुङ्गले सरकारको रबैयाका कारण लोकतान्त्रिक शक्ति सहित राजावादी सडकमा आउँन बाध्य भएको बताए ।

काँग्रेस अर्का नेता यज्ञराज जोशीले काँग्रेस सडकमा आएकाले देशको रक्षाका लागि चुप लागेर बस्न नसक्ने चेतावनी दिए । कार्यक्रमका मुख्य वक्ता काँग्रेस नेता एव केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् । काँग्रेस युवा नेता पौडेलले ‘लोकतन्त्र विरोधी’ केपी ओलीका कारण गणतन्त्र धेरै दिन रहन नसक्ने आरोप लगाएका हुन् । ‘व्यवस्थालाई बदनाम गर्ने गरी व्यक्तिहरु जुन ढङ्गले हिडिरहेका छन् । त्यो ढङ्गबाट अगाडि बढ्दा व्यवस्था नै समाप्त हुन्छ ।’ सम्बोधनका क्रममा पौडेलले भने, ‘केपी ओलीको पाराले नेपालको गणतन्त्र अब धेरै दिन रहन सक्दैन ।’

नेता पौडेलले प्रधानमन्त्री गणतन्त्र विरोधी रहेको आरोप लगाए । ‘हिजो हामीले गणतन्त्रको नारा लगाउँदै गर्दा प्रधानमन्त्रीले भन्नुहुन्थ्यो बयलगाढा चढेर अमेरिका पुगिदैन । नेपालमा गणतन्त्र आउँदैन ।’ उनले भने, ‘गणतन्त्र विरोधी केपी ओली हामीले ल्याएको गणतन्त्रमा दुई चोटी प्रधानमन्त्री बन्नु भयो । गणतन्त्र विरोधी विद्या भण्डारी दुई चोटी राष्ट्रपति हुनु भयो । प्रक्रियाबाट हुनु भयो त्यसमा हाम्रो आपत्ति भएन । तर गणतन्त्रमा प्रधानमन्त्री भइसके पछि गणतन्त्रको विरोध गर्न मिल्दैन । राष्ट्रपति भइसके पछि लाल सम्राट बनेर, नयाँ शाही शासक बनेर गणतन्त्रको बदनाम गर्न मिल्दैन ।’ ‘हिजो राजा, महाराजा हेरेका थियौँ, महाराजहरुलाई सडकबाट हेर्न पाउँदैन्थे, ‘नेता पौडेलले भने, ‘महाराज पुष्तक र पप्पलेटमा हेर्नुपर्छ, आज महाराज ओली र भण्डारीलाई पोल पोलमा देखिएका छौँ, राष्ट्रपतिलाई २ करोडको गाडीले पुगेर १८ करोडमा चढ्नुपर्ने बताउँदै उनले नेपाली जनतालाई कम्यूनिष्टले टाँढिरहेको बताए ।

‘ईमान्दार कम्यूनिष्ट पचुताउनु परेको छ, ‘उनले भने, ‘केपी प्रचण्डको जिवन बनाउन मैले सर्मपण गरे ।’ जिन्दगीभर कम्यूनिष्ट बनेका र गणतन्त्र ल्याउनेहरु सोच्नुपर्ने अवस्था रहेको बताए । वर्तमान व्यवस्थाका काँग्रेस मात्रै रक्षक भएको बताए । वर्तमान व्यवस्थाप्रति अंहङकारी केपी ओलीका कारण भईरहेको बताउदै उनले व्यवस्था रक्षाको विकल्प नभएको बताए ।

ताजा समाचार